रोशन कुमार मिश्र, महोत्तरी । २०८० भाद्र १५, शुक्रवार

२१ औं शताब्दीको आधुनिक विकासको मोडेल । “मरेको महोत्तरी” उखानलाई जनप्रतिनिधिले ठ्याक्कै चरितार्थ गरेका छन् । प्रादेशिक अस्पतालको नाममा रेफर अस्पतालको उपाधी पाएको जलेश्वर अस्पतालको दृश्य जलमग्न छ । जलेश्वर नगरपालिका-२, जलेश्वरको मुख्य चोक दुर्गा चोकदेखी अस्पताल जाने बाटोको दुर्दशा छ । नाला, ढल र बाटोको निकास कहिले हुने हो ?
समाजसेवी, बुद्धिजीवी, नेता, पदाधिकारीको दैनिक हिड्ने बाटो । भाषण र बिरोधमा मात्रै बिकासको बहस गर्ने व्यक्तित्वहरु खोइ ? जलेश्वर नगर क्षेत्रको बाटो यस्तो भए गन्तव्य कस्तो हुने हो??
चौथो अंगको रुपमा रहेको पत्रकारिता लम्पसार परेकै हो? होइन भने भनाउदा पत्रकार र मिडिया चारधामको तिर्थयात्रामा हो?? जनता किन सजग र सतर्क नभएको र खबरदारी नगरेको? प्रश्न अनेकौ छ?