मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र १५, शुक्रवार

पुस्तक वा किताब शव्दहरू, चित्रहरू, लगायत विभिन्न चिजहरू छापिएका कागजहरूको समूह हो। आजको नया समयमा किताब बिधुतीय पनि हुन सक्छ जसलाई (इ-बूक्) भनिन्छ । पुस्तकहरूका ठूला समूहलाई पुस्तकालय भनिन्छ।

पुस्तकालय लेखी,छापी,कोरी,खिचि,वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका, अखवार, पत्रिका, नक्सा, चार्ट, फिल्म आदि ज्ञान सामग्री सु-व्यबस्थित रूपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो। पुस्तकालय संस्कृत भाषाको पुस्तक र आलय दुई शब्द मिलेर बनेको हो,यसको अर्थ पुस्तकहरू राखिएको घर भन्ने हुन्छ । ब्रिटिस पुस्तकालय सङ्ग्रहित सामग्रीको सङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो पुस्तकालय हो ।

नेपालमा पुस्तक सङ्ग्रहको इतिहास मल्लाकालदेखि जोडिएको छ। राजा भूपतिन्द्र मल्लका समयमा भक्तपुरमा सफु कोठा (साकोठा) अर्थात् पुस्तक राख्ने कोठाको चलन सुरु भएको थियो । यसको तिथि मितिको प्रमाण प्राप्त नभए पनि राजा भूपतिन्द्र मल्लको पहलमा सो बनेको पाइन्छ । राष्ट्रिय अभिलेखालयमा रहेको ‘थ्यासफु’ मा उल्लेख भएअनुसार विसं ८२९ देखि ८३७ सम्मको अवधिमा मल्लले एक हजार एक सय ९० पुस्तक सङ्ग्रह गरी पुस्तकघरमा राखेका थिए ।

विसं १८६९ मा तत्कालीन राजा गिर्वाणयुद्ध वीरबिक्रम शाहका पालामा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा युद्धमा जितेर ल्याएका सामग्रीलाई सूचीकृत गरेर राख्न एक जना कर्मचारी खटाइएको थियो । वि.सं. १८६९ भदौ १५ गते लालमोहर जारी गरी पण्डित केदारनाथ झालाई पुस्तक चिताही तहबिल र अर्का एक जनालाई टहलुवा पदमा कर्मचारी नियुक्ति गरिएको थियो । त्यही ऐतिहासिक दिनलाई आधार मानेर नेपालमा २०६५ सालदेखि राष्ट्रिय पुस्तकालय दिवस मनाउन थालियो । आज शुक्रबार १६ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ ।

नेपालको संविधानको धारा ५१ (ज) (४) मा ‘नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र, पुस्तकालय स्थापना र प्रवद्र्धनलाई नागरिकका आधारभूत आवश्यकताका रुपमा समावेश गरिएको छ । संविधानको अनूसुची ५ र ६ मा सङ्घ र प्रदेशको अधिकारको सूचीमा केन्द्रीय पुस्तकालय र प्रदेश पुस्तकालयसम्बन्धी विषयहरू राखिएका छन् ।

नेपाल सरकारको मातहमा रहेको तीन राष्ट्रिय पुस्तकालय केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालय र डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, मदन पुस्तकालय गरि
हाल नेपालमा शैक्षिक पुस्तकालय, राष्ट्रिय पुस्तकालय र विशेष पुस्तकालयका अतिरिक्त नौ सय २८ सार्वजनिक पुस्तकालय छन् । मन्त्रालयकै गत वर्षको एक सर्वेक्षणले नौ सय २८ सार्वजनिक पुस्तकालयमध्ये तीन सय २७ मात्र नियमित सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *