रमेश लुइँटेल, सर्लाही । २०८० भाद्र ०६, बुधवार

“कामै नगरी कागजी मूल्याङ्कनको आधारमा भुक्तान । अख्तियारको निरिक्षण पछि मिलोमतोमा निर्माण कार्य सुचारु ।”
“राष्ट्रिय झण्डा, सीमा स्तम्भ र पार्क निर्माणका नाममा मलङ्गवाका मेयर अख्तियारको नजरमा रहेकोले विगत एक हप्तादेखि भ्रमणको नाममा भारतमा रहेको।”

सर्लाहीको मलङ्गवा नगरपालिका वडा नम्बर ८ मा अवस्थित नेपाल भारतको सीमा नाका तथा सोनबरसा (भारत) जाने बाटो नजिक भन्सार कार्यालय भन्दा पूर्व नेपालको झण्डा फहराउने र सोही अन्तर्गतमा पार्क र स्तम्भ निर्माण कार्यको लागि कामै नगरी कागजी मूल्याङ्कनको आधारमा रकम भुक्तानी गरिएको छ।
मधेश प्रदेश सरकारको ससर्त अनुदानमा उक्त कार्य असारसम्मा सकाएर भुक्तान गर्नु पर्ने हुन्छ । सोही अनुरुप करिब १० प्रतिशत कार्य मात्र सम्पन्न भएको अवस्थामा कागजी प्रक्रिया पुर्याएर रकम भुक्तान गरेको बर्दिवासबाट खटिएको अख्तियारको हालैको निरीक्षण टाेलीले स्विकारे पनि पुष्टि चाँही गरेन । आ.ब. २०७९/८० मा निर्माण सम्पन्न हुने गरी मधेश प्रदेश सरकार बाट सो कार्य सम्पन्न गर्नका लागि रु. ३० लाख बजेट बिनियोजन गरिएको थियो ।

अन्तर्राष्ट्रिय सिमाना नजिक देशकै गौरब, प्रतिष्ठा र स्वाभिमानसंग जोडिएको पार्क र स्तम्भ निर्माण कार्यको लागी मिलोमतोमा गोप्य रुपमा उपभोक्ता समिति गठन गरेको थियो । तोकिएको समयमा निर्माण कार्य नगरी, कागजमै गलत बिल भरपाई, मूल्याङ्कन तथा अन्य दस्तावेज मिलाई गलत प्रतिवेदनको आधारमा को.ले.नि.का. बाट नगरपालिका कार्यालयमा बजेट निकासा गराई मिलोमतोमा गठित उपभोक्ता समितिलाई निर्माण कार्य नसक्दै निजको खातामा सम्पूर्ण भुक्तानी गरेको छ । प्रक्रिया मिचेर तथा कार्य सम्पन्न नहुदै भुक्तानी गर्दा नगरपालिका प्रमुख वा प्रशासकीय अधिकृतले खाता रोक्का पनी नगरेको खोज अनुसन्धानको क्रममा पाईएको छ I
मलङ्गवामा अत्याधिक चर्चा र बहसको विषय बनेको यो परियोजना प्रति कसैले मेयरको बिरुद्धमा नबोलेको पालिकाको कर्मचारी र स्थानीयको गुनासो रहेको छ । भुक्तानी गरेको एक महिना पछि साउन २४ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासको टोली कार्यालयमा छड्के जाच गर्दा सो कार्यसंग सम्बन्धित कुनै फाइल तथा कागजात कार्यालयबाट उपलब्ध हुन सकेन ।
स्थलगत रिपोर्टिङको क्रममा सम्बन्धित फाइल पहिल्यै अन्यत्र सारिसकेको जानकारी पाईयो । अख्तियार फर्केकाे भोली पल्ट आफु अनुकूल कागजातहरु मिलाउन लगाई अख्तियारमा जम्मा गर्न लगाइएको खबर थियोे I अख्तियारमा काम गर्ने एक जना कर्मचारी मेरो आफन्त (नातेदार) नै भएको र उनीसँग सबै कुराकानी मिलाई सकेकोले छड्के गर्ने कर्मचारीलाई यथार्थ विवरण पेश नगर्न दबाब समेत दिएका थिए । नगरपालिका प्रमुखलाई भाद्र ३ गतेसम्म सम्पर्क गर्दा पनि उपलब्ध हुन नसक्नु, निमित्त प्रशासकीय अधिकृत राम पुकार यादवले जवाफ दिन आलटाल गर्नु, सम्पर्क व्यक्तित्वको नाममा गियनाथ गौतमसंग कुरा प्रष्ट नआउनु जस्तो कठिनाई रिपोर्टिङमा क्रममा देखिएको छ ।