मुलुक डेस्क, काठमाडौं । २०८० साउन ३२, बिहिवार

मनरा शिसवा नगरपालिका बहुमत वडा अध्यक्ष तथा कार्यपालिका सदस्यसहितको टाेलीले मेयरको कार्यशैली र निर्णय विरुद्ध तीन बुँदे माग राखी मेयरलाई ज्ञापन पत्र बुझाएका छन् ।

मेयर विरुद्ध विगत दुई महिनामा यो समेत गरि यो दोस्रोपटक ज्ञापन पत्र बुझाएको हो । मनरा शिसवा नगरपालिकाले सेवा करार कर्मचारी भर्ना लिने सम्बन्धमा साउन २६ गते निकालेको विज्ञापन रद्द गर्ने सहितको तीन बुँदे माग राखी मेयरलाई ज्ञापन पत्र बुझाएको छ।

ज्ञापन पत्रमा सरुवा भइसकेको प्रमुख प्रशासकीय अधिकृतलाई हस्ताक्षर गराएर साउन २६ गते निकालिएको विज्ञापन अविलम्ब रद्द गर्नु पर्ने , सरुवा भइसक्दा पनि कामकाज यथावत गरिरहेको हुँदा निजको यथाशिघ्र रवाना दिनु पर्ने र असार ९ प्रस्तुत भएको निति तथा कार्यक्रमलाई पूर्णता दिनु पर्ने माग उल्लेख गरिएको छ।

मनरा सिस्वा नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष चन्द्र भुषण मैवार सहित बहुमत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु द्वारा बुझाइएको ज्ञापन पत्रमा तीन सुत्रिय माग यथाशीघ्र समाधान नभए अर्को साता देखि विभिन्न दलका नेता कार्यकर्ता तथा आम जनताको सहयोग लिएर नगरपालिकाकाे कार्यालयमा बन्द हडताल, घेराउ लगायतका विरोधका कार्यक्रमहरु गर्ने चेतावनी समेत दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *