मुलुक डेस्क, काठमाडौं । २०८० साउन ३१, बुधवार

नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन गण्डकी प्रदेश र पोखरा वितरण केन्द्र, मालेपाटन पोखराको संयुक्त पहलमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले सहकार्य गरेको उक्त रक्तदान कार्यक्रममा ८० जना कर्मचारी र १ जना सेवाग्राही मार्फत गरि कुल ८१ युनिट रगत संकलन भएको थियो ।

८१ युनिट रगत संकलन गरि प्राधिकरणले विद्युतिय सेवा संगै मानवीय सेवा पनि गर्ने गरेको पोखरा वितरण केन्द्रका प्रमुख इ. राजीव कुमार सिहंले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख जगदिश चन्द्र जोशीले ‘रक्तदान, जिवनदान’ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै सामाजिक उत्तरदायित्वभित्र रहेर यस्ता कार्यक्रम संचालन गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल कर्मचारी युनियन गण्डकी प्रादेश इन्चार्ज नारायण पन्थी, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ गण्डकी प्रदेश इन्चार्ज देशबन्दु श्रेष्ठ, राष्ट्रिय कर्मचारी युनियन गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र हमाल लगायतले रक्तदानको महत्व बिषय आ-आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा लेखनाथ वितरण केन्द्रका प्रमुख अमृत बहादुर अधिकारी, पोखरा ग्रिड महाशाखा प्रमुख अनिल बन्जारे, नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशमा रहेका नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ, राष्ट्रिय कर्मचारी युनियन, गण्डकी प्रादेशभित्र रहेका उत्पादन, प्रशारण र वितरण केन्द्रका कर्मचारी एवं सम्पूर्ण कर्मचारी गरी करिब २ सय जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *