रमेश लुइँटेल, काठमाडौं । २०८०साउन २६, शुक्रवार

मैथिली महाकवि विद्यापतिकृत पन्ध्रौँ शताब्दीको प्रसिद्ध कथासङ्ग्रह ‘पुरुष-परीक्षा’ को नेपाली भाषा अनुवाद आज पाठशाला नेपालको सभाहलमा एक कार्यक्रमको बीच लोकार्पण गरिएको छ ।
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा आयोजित महाकवि विद्यापतिकृत “पुरुष-परीक्षा” मुल कृति(संस्कृत)को नेपाली संस्करणको आज काठमाडौंमा लोकार्पण गरिएको छ । उक्त समारोहमा प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलि, विशिष्ट अथिती बिश्वप्रकाश् शर्मा, पुर्वसचिव बिमल कोइराला, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपती तथा भाषाविद राम अवतार यादव , मैथिली भाषि विज्ञ डा• गोबिन्द राज भट्टराई, साहित्य तथा समालोचक कवि महेश पौडेल लगायतको उपस्थिति रहेकोे थियोे ।
“पुरुष परीक्षा” संस्कृत संस्करण लाई नेपालीमा अनुवादक साहित्यकार धीरेन्द्र प्रेमर्षीले गरेका हुन् । बानेश्वर स्थित पाठशालामा कार्यक्रम सम्पन्न भएको थियो । १८२ पेजको यो किताबमा चार खण्ड रहेको छ । वीरता, बुद्धिमत्ता,विद्वता र पुरुषार्थका गरि कुल ४४ वटा कथाहरु रहेको छ । अन्तर्राष्ट्रिय मधेशी समाजको पहल र प्रयासमा “पुरुष परीक्षा” को नेपाली संस्करण आएको अनुवादक एवम् साहित्य र संगीतका मुर्धन्य श्रष्टा धीरेन्द्र प्रेमर्षीले कार्यक्रम दौरान व्यक्त गरेका थिए ।