मुलुक डेस्क, काठमाडौं । २०८० साउन २२, सोमवार

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त आज सोमबार भारत जाने कार्यक्रम रहेको छ । आज दिउँसो नेपाल एयरलाइन्सको विमानद्वारा अध्यक्ष डा.दत्त भारत जान लागेको अध्यक्ष डा.दत्तको सचिवालयले जानकारी दिएको छ ।

शैक्षिक तथा धार्मिक भ्रमणको लागि भारत जान लागेका दत्तले मंगलबार राष्ट्रिय महिला आयोग, भारतकी अध्यक्ष रेखा शर्मा सहित अन्य उच्चपदस्थ अधिकारीहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

सन २०२२ मा दुवै आयोगको अध्यक्षको भर्चुवल बैठकमा महिला आयोगकी अध्यक्ष शर्माले मधेशी आयोगका अध्यक्ष डा.दत्तलाई भारत भ्रमणको औपचारिक निम्तो दिएकी थिइन् |

सो भेटघाटमा आगामी दिनहरुमा दुई देशका अधिकारमुखी आयोगहरुले कुन रुपमा सहकार्य गरी अगाडी बढ्ने विषयमा छलफल हुने भएको छ । अध्यक्ष डा.दत्त श्रावणको अन्तिम हप्तामा नेपाल फर्किने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *