रोशन कुमार मिश्र, महोत्तरी । २०८० साउन १४, आइतवार

मधेश आन्दोलनको क्रममा प्रहरी थमन बिकको हत्याको आरोपी कैदीहरु संग रेशम चौधरीले जलेश्वर कारागारमा आज भेटघाट गरेको छ ।

महोत्तरी जलेश्वर नगरपालिका-२, जलेश्वर कारागारमा नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय अध्यक्ष रेशम चौधरीले मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरिको थमन बिकको हत्याको आरोपी कैदीहरु संग भेटघाट गरेका छन् । करिब ९ वर्ष हुनलाग्दा पनि मुद्दाको पेशी नहुनु लज्जास्पद विषय भएको टिप्पनी गरेका छन् । कैदीहरु प्रदिप साह, संजय साह र पवन कापरलाई मिठाई दिदै चौधरीले भेटघाट गरेका हुन् ।

यो घटनालाई लिएर चाडै महान्यायाधिवक्तासंग छलफल गरेर पेशीको लागि पहल गर्ने बताए । यसैक्रममा चौधरीले कैदीको आफन्तहरु संग कुराकानी गरेको थियोे र प्रदिप साहको श्रीमती अनिता कुमारी साहलाई रु ५००० सहयोग गर्दै समस्या समाधानको उपाय खोज्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *