मुलुक डेस्क, महोत्तरी । २०८० साउन १०, बुधवार

जलेश्वर नगरपालिका-१२, नैन्ही स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर संचालनमा आएको छ। यो ठाउँमा यसअघि बर्थिङ सेन्टर नभएका कारण प्रसुती गराउन चर्को मुल्य तिरेर निजि अस्पतालको साथै प्रादेशिक अस्पताल जलेश्वर जानु पर्ने बाध्यता यश क्षेत्रको जनताको रहेकोे थियोे।

“स्वास्थ्य चौकी मै बर्थिङ सेन्टर संचालन भएपछि उक्त छेउछाउका जनताको टाढा जानुपर्ने बाध्यता हटेकाे छ साथै जनता हर्षित भएका छ्न । यसैगरी बाँकी रहेका वडाहरुमा समेत छिटै नै यो सेवा पुर्याउने लक्ष्य रहेको छ।” जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको अभिव्यक्ति रहेको छ । यसै बिच उक्त बर्थिङ सेन्टरमा प्रसुती गराउन पुगेकी श्रीमति सम्सा खातुनले छोरी पाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *