• रोशन कुमार मिश्र, महोत्तरी । २०८० जेष्ठ १३, शनिवार

एकडारा बजारदेखि गोनरपुरा जाने सडकखण्डको आज बिहान् शिलान्यास भएको हो । मधेश प्रदेशका पुर्व मुख्यन्यायाधिवक्ता दीपेन्द्र कुमार झा को प्रमुख आतिथ्यमा शिलान्यास भएको उक्त समारोहमा एकडारा गाउँपालिकाका अध्यक्ष दीप नारायण मण्डल, वडाअध्यक्ष लगायत अतिथि र सर्वसाधारणको उपस्थिति रहेकोे थियोे ।

यो सडक प्रदेश सरकारको सशर्त अनुदानबाट रु २५ लाखमा निर्माण हुन लागेको र अषाढ २० गतेसम्ममा सम्पन्न हुने पालिकाका इन्जिनियर सुभाष पाण्डेले बताए । सडकको लम्बाई २६८ मिटर र चौडाई ४ मिटर रहेको छ । यस्मा १०% उपभोक्ताको साझेदारी रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *