मुलुक डेस्क, काठमाडौं । २०८० जेष्ठ ०८, सोमवार

नेपाल सरकार अन्तर्गत खानेपानी मन्त्रालयलको खानेपानी तथा सरसफाई व्यवस्थापन विज्ञ समुह र क्षेत्रको विशेष विज्ञ सदस्य धीरेन्द्र कुमार सिंह (डिके) डा. सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका छन् ।

विविगत लामो समयदेखि विभिन्न संघ-संस्थामा रहि समाजसेवामा लागेका तथा माओवादी राजनीतिसंग सम्बन्ध राखेका सिंह एक्कासि जनमत प्रवेश गरेका हुन् । स्वास्थ्यकर्मी जनमत संघका केन्द्रिय अध्यक्ष डा. सिके सिंहको पहलमा डिके सिंहले पार्टी प्रवेश गरेको खबर छ।

डिके सिंहलाई पार्टी प्रवेशका क्रममा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले केन्द्रिय कार्यालय काठमाडौंमा गत बुधवार पार्टीको सदस्यता सहित खादा र अबिर लगाएर स्वागत गरेका
थिए । हिजोसम्म समाजसेवाका विभिन्न माध्यमबाट जनताको घर आँगनसम्म जनताकै माझमा रहेर जनताकै पक्षमा रहेर समाजसेवासंगै राजनीति गर्ने सिंहको लक्ष्य रहेको छ ।

४० वर्षिय सिंह विगत दुई दशकदेखि कलाकारिता, पर्यटन, शिक्षा, स्वास्थ्यका साथै समाजसेवाका क्षेत्रमा निरन्तर समर्पित रहदै आएका छन् । महोत्तरी मनराकट्टीका सिंह व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गरेका छन् भने विभिन्न विषयमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तालीम प्राप्त समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *