मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख १९, मंगलवार

नेपाल र युएईबीच आज बिहान भएको एसीसी प्रिमियर कप क्रिकेट खेलमा युएईलाइ पराजित गर्दै नेपाल विजयी बनेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान भएको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै विजयी बनेको हो । यो जितसँगै नेपालले एसिया कपमा आफ्नो स्थान बनाएको छ ।

सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । वर्षाका कारण खेल रोकिएपछि आज सोमबारकै ओभरबाट खेल सुरु गरी नेपाललाई ११८ रनको चुनौती दिएको थियो ।
उक्त लक्ष्यमा ३०.३ ओभरमा ३ विकेट गुमाउँदै नेपालले युएईले दिएको १०६ रनको लक्ष्य पूरा गरेको हो । फाइनल खेलका म्यान अफ द म्याच बनेका खेलाडी गुल्शन झाले अविजित ६७ रन र भीम सार्कीले ३६ रन बनाएका थिए । प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्टको उपाधीले क्रिकेटर सन्दीप लामिछाने सम्मानित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *