मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख ०९, शनिवार

सांसद रन्जिता श्रेष्ठ चौधरी मन्त्रीभएपश्चात् पहिलोपटक निर्वाचन क्षेत्र कैलालीको कारगार पुगिन् । उनी टिकापुरको थरुहट आन्दोलनमा दोषि ठहरिएर कैदीबन्दी जीवनयापन गरिरहेका राजबन्दीलाई भेटिन् ।

सचिवालय सदस्यले रमेश बिकले भने, ‘उहाँले धरातल बिर्सनु भएको रहेनछ । आफु स्थापित भएको जग, आफुलाई मन्त्री बनाउने, पार्टीलाई स्थापित गराउनेहरुका योगदान बिर्सनु भएको रहेनछ भन्दै राजबन्दीहरु खुसी भइन र आफुहरुलाई रिहाईका लागि थप पहल गर्न अनुरोध गरिन् ।’

राजबन्दीहरुको कुरा सुनेपछि मन्त्री श्रेष्ठले रिहाईका लागि सरकारसँग पटकपटक बार्ता गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने संकेत देखिएको बिकले सुनाए । कारागारमा राजबन्दीहरुलाई भेटेपछि मात्रै मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता तथा आम जनताहरुलाई भेटघाट तथा पुर्वनिर्धारित कार्यक्रममा अघि बढेकी थिईन् ।

गत आम निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी कैलाली कैलाली-१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भईन् । पार्टी स्थापनाको छोटो समयमा नै नेतृत्व लिँदै उनी सांसद बनिन् । श्रेष्ठ कैलालीको टिकापुर घटनाका मुख्य कमाण्डर रेशम चौधरीकी धर्मपत्नी हुन् । थरुहट आन्दोलनका कमाण्डर चौधरी अहिले डिल्लीबजार कारागारमा कैदीबन्दीका रुपमा छन्।
यद्यपि, सोही आन्दोलनको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले स्थानीय, प्रदेश र केन्द्र सरकारमा आफ्नो प्रतिनिधित्व गरिरहेको छ । जसको नेतृत्व अहिले रन्जिताले गरिरहेकी छिन् ।
उनी केन्द्रको सांसद मात्रै भईनन्, अहिले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा कार्यभार सम्हालीरहेकी छिन् । उनी गत चैत्र १७ गते मन्त्री नियुक्ति भएकी हुन् । मन्त्री नियुक्त भएलगत्तै उनी सुरुमा मन्त्रालय मातहतका कार्यालयहरुका कर्मचारीहरुसँग अन्तरक्रिया गर्ने र आवश्यक निति योजनाहरु बनाउने काममा व्यस्त भईन् ।

मन्त्री श्रेष्ठले गौरिगङ्गा नगरपालिकाका मुक्तकमैया, कमलरीहरुलाई आफ्नै पालामा जमिन उपलब्ध गराउने प्रतिबद्धता दिईन् । यस्तै कैलालीका मुक्तकमैया शिबिरमा भेटघाटका साथै कमैयाहरुलाई सम्बोधन तथा भूमी सम्बन्धी समस्याको समाधान गर्ने प्रतिबद्धता गरिन् । यसैगरी मन्त्री श्रेष्ठले रानिजमरा कुलरिया सिचाँइ आयोजनाका कार्यकारी निर्देशकलाई भेटेर आयोजनाको बारेमा जानकारी लिँदै छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिईन् । मन्त्रीले कैलालीको धनगढीमा रहेको जिल्ला मालपोत तथा नापी कार्यालयको निरीक्षण गरि सेवाग्राहीहरुलाई सहज र सरल सेवा सुबिधाका दिन कर्मचारीलाई निर्देशन दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *