संजीव सिंह, काठमाडौं । २०७९ चैत्र २४, शुक्रवार

जनकपुरधाम-जयनगर चल्ने रेलको नयाँ समय तालिका अनुसार दैनिक ४ पटक चल्ने भएको छ । वैशाख १ गतेदेखि नयाँ समय सारिणी सार्वजनिक गर्न लागिएको हो । कुर्था–जनकपुरधाम–जयनगर रेल्वे अप एण्ड डाउन गरेर दैनिक चारपटक सञ्चालन हुने भएको छ ।
कुर्था-जयनगर: बिहान ७:१५ – ९:१५
जयनगरबाट-कुर्था: बिहान ९:३० – ११:३०
कुर्था-जयनगर: मध्यान्ह २:४५ – ४:४५

जयनगरबाट-कुर्था: साँझ ५:०० – ७:००
जयनगरदेखि जनकपुरधामको कुर्थासम्मको ३५ किलोमिटर भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो खण्डमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर र कुर्थादेखि महोत्तरीको विजलपुरा हुँदै बर्दिबाससम्मको गरेर कूल ७४ किलोमिटरमा रेल सञ्चालन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *