प्रमोद सहनी, रौतहट । २०७९ चैत्र १८, शनिवार

जनता दरवार सार्वजनिक सुनवाई कार्यक्रम गौर नगरपालिकाको वडा नं.२ महादेवपट्टीमा सम्पन्न भएको छ।
रौतहटको गौर नगरपालिकाको मेयर शम्भु साहले प्रत्येक सप्ताहको शनिवार जनता दरवार कार्यक्रम नगरपालिकाको फरक फरक वडामा गर्दै आएका छन् । विगत दुई दिन महिना देखि कार्य व्यस्तताका कारण बन्द रहेको उक्त कार्यक्रम आजबाट पुनः सुरु भएको छ ।

जनताले आफ्नो समाजिक समस्या वा समाज विकासको लागि चाहिने कुराको आवाज मेयर समक्ष निर्धक्क रुपमा राख्न पाओस भन्ने उद्देशले यो कार्यक्रम संचालन गरिएको मेयर शम्भुको भनाइ रहेको छ ।
आजको कार्यक्रममा आएका सम्पुर्ण जनसमुदायमध्ये ६० वर्ष पार गरेका सम्पुर्ण जेष्ठ नागरिकलाई मेयर साहले गमछा ओढाई सम्मान गरेका छन्।