संजीव सिंह, काठमाडौं । २०७९ चैत्र १७, शुक्रवार

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबारदेखि सुरु हुँदैछ। परीक्षा आज चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।
परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो।
आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ। देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।