प्रमोद सहनी, रौतहट । २०७९ चैत्र ०९, बिहिवार

शहरी विकास मन्त्रालयका सचिवद्वारा रौतहटको राजपुर नगरपालिकामा आधा दर्जन आयोजनाको शिलान्यास गरिएको छ ।

शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले रौतहटको राजपुर नगरपालिकाको भिलाको सेलर मिल देखी दमार चौक सम्मको सडक लगायत अन्य तीन वटा सडक खण्डको स्तर उन्नति तथा पानी टंकी हाट बजार साथै भगवानपुर -१ मा पोखरी सौन्दर्यकरण आयोजनाको शिलान्यास गरेका छन् ।

शहरी विकास मन्त्रालयको आयोजना तथा राजपुर नगरपालिकाको सहयोगमा उक्त परियोजनाको निर्माण कार्य हुनेछ । शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, विशिष्ट अतिथिको रुपमा किरन साह, राजपुर नगरपालिकाको नगर प्रमुख डा.राजिक आलम, नि.प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, संचारकर्मी, समाजसेवी, बुद्धिजीवी लगायत हजारौंको संख्यामा स्थानीयवासीहरुको उपस्थिति रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *