मुलुक डेस्क, काठमाडौं । २०७९ चैत्र ०९, बिहिवार

नेपाल सरकार खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाई व्यवस्थापन विज्ञ समुह र क्षेत्रको विशेष विज्ञ सदस्यहरु नियुक्त गरेको छ ।
मन्त्रीस्तरीय वैठकले खानेपानी मन्त्री अब्दुल खानको अध्यक्षतामा धिरेन्द्रकुमार सिंह, इ.अशोक कुमार शाह, इ. बिमल प्रसाद ढकाल र इ. मदन कुमार डंगोललाई विशेष विज्ञ सदस्यको रुपमा नियुक्त गरेको हो ।

४० वर्षिय सिंह विगत दुई दशकदेखि कलाकारिता, पर्यटन, शिक्षा , स्वास्थ्यका साथै समाजसेवाका क्षेत्रमा निरन्तर समर्पित रहदै आएका छन् । महोत्तरी मनराकट्टीका सिंह व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गरेका छन् भने विभिन्न विषयमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तालीम प्राप्त समेत गरेका छन् ।