संजीव सिंह, काठमाडौं । २०७९ चैत्र ०४, शनिवार

“रक्तदान जीवनदान” को मुल मर्मलाई आत्मसात गर्दै आज चैत्र ०४ गते शनिवारको दिन राजपुत समाज नेपालले काठमाडौं महानगरपालिका वडा नं. २५, असनको त्यौर(त्यौड) चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंकाे पुरानो र प्रचलित नेवार वस्तीमा सामाजिक सद्भाव र पारस्परिक सम्बन्धलाई कायम राख्दै राजपुत समाज नेपालले कदममा कदम अघि बढाउँदै रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी (केन्द्रिय रक्तसञ्चार सेवा)को सहयोगमा आयोजना भएको उक्त कार्यक्रममा सयौंको संख्यामा समाजका सदस्यहरु लगायत उल्लेख्य रक्तदाताहरुको उपस्थित रहेको थियोे ।

रक्तदान कार्यक्रमको सुभारम्भ सुरज प्रकाश सिंह र सुवास कार्कीले गरे भने समापन राजपुत समाज नेपालका महासचिव संजीव सिंह र कोषाध्यक्ष राकेशकुमार सिंहले संयुक्त रुपमा रक्तदान गरि गरेका थिए । कार्यक्रममा उल्लेख्य मात्रामा समाजका सदस्यसंगै महिला र आगन्तुकले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको उद्घाटन समाजका अध्यक्ष विजयकुमार सिंह तथा सल्लाहकार रामकिशोर सिंहले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा अतिथिको रुपमा पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंह, पुर्व प्रहरी नायव महानिरीक्षक लोकेशचन्द्र सिंह, भुकम्प प्राधिकरणका पुर्व निर्देशक श्यामकिशोर सिंह, चौधरी ग्रुपका महाप्रबन्धक ई. राजीव सिंह, ई. राम सिंह, ज्ञानेन्द्रकुमार सिंह, अशोक सिंह, यति पाइपका महाप्रबन्धक जयकुमार सिंह लगायतको उपस्थिति रहेको थियोे ।

रक्तदान कार्यक्रममा स्थानीय केशन श्रेष्ठको सहयोगसंगै समाजका शुभेच्छुक राजेश्वर दास श्रेष्ठको भुमिका प्रमुख रहेकोे थियोे । सो कार्यक्रममा उपाध्यक्ष उमेशकुमार सिंह, महिला उपाध्यक्ष रेणुका सिंह, सचिव ध्रुवकुमार सिंह, केन्द्रिय सदस्य रन्जिता सिंह, अभिमन्यु कुमार सिंह, रिना सिंह, अनिला सिंह, सुधा सिंह, गुडिया सिंह, सविता सिंह, धनञ्जय सिंह, बलिराम सिंह, शशी चन्दन सिंह, सुशील कुमार सिंह सहितको उपस्थिति थियोे । यसैगरी रक्तदान कार्यक्रमका लागि फलफुलको सारा बन्दोबस्ती समाजका मानार्थ सदस्य एवम् व्यवसायी रमेश सिंह, जुसको व्यवस्थापन रोशनकुमार सिंह”गुड्डु”, कोल्ड-डिरिन्सकाे व्यवस्थापन रामकिशोर सिंह तथा लजिस्टिक सहित बाकीको सम्पुर्ण वयवस्थापन विजयकुमार सिंहद्वारा गरिएको थियोे ।




