मुलुक डेस्क, काठमाडौं । २०७९ फाल्गुन २०, शनिवार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तीबाट प्राप्त दुईवटा मृर्गौला र एक कलेजो मिति २०७९ फागुन १६ गते एक साथ तीन जनामा सफल प्रत्यारोपण गरिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक कलेजो तथा मृर्गौला पत्यारोपणविद् डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा प्रत्यारोपण भएको हो । कलेजो प्रत्यारोपणमा डा.रोशन घिमिरे, डा.ललित कुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरुको सहभागिता थियोे । मृगौला प्रत्यारोपणमा प्रा.डा.राकेश कुमार बर्मा, प्रा.डा पवन चालिसे, डा.दिपेश श्रेष्ठ, डा.रवि किरण गौतम, डा.हरि वराल, डा. रोजन अधिकारी लगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो । एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, डा.रश्मित श्रेष्ठ, लगायतले सहयोग गरेको थियो । नेफ्रोलोजी विभागबाट डा.कल्पना कुमारी श्रेष्ठ, डा.लुसन सिंह, डा.सुमित आचार्य, डा.जुजु राज श्रेष्ठ, डा.सुरेश महर्जन, डा.विक्रमवीर बज्राचार्यको सहभागीता थियो ।रेडियोलोजी विभागबाट डा. समीर दवाडी, डा.गौरव श्रेष्ठ, डा.जस्मिन जोशी, डा.विवेक नेपाल, प्याथोलोजिस्ट डा.सविना श्रेष्ठ, ट्रान्सपलान्ट कोर्डिनेटर तारा साँध, अर्चना बगाले, सरु कोजु, फिजियोथेरापिस्ट सोनी सिखवल पनि टिममा सहभागी थियो ।

मिति २०७४ बैशाख २८ गतेबाट पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भएपश्चात हालसम्म पाँच जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको छ । नेपाल सरकार, श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पूर्व मन्त्रीज्यूहरु, वर्तमान सचिवद्वय डा.रोशन पोखरेल र श्री देव कुमारी गुरागाँई, पूर्वसचिव डा. प्रविण मिश्र लगायतको साथ र सहयोगबाट अंगदान र प्रत्यारोपण कार्य यसरी सम्भव हुँदै गएको हो ।

यस पटकको मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गर्नका लागि डा.रवीन्द्र प्रधानाङ्ग, डा.आहना श्रेष्ठ, सुधन के.सी, लगायत समाजसेवी, सामाजिक अभियान्ताहरुको विशेष पहल रहेको थियो । केन्द्रका ओ टी टेक्निसियन रामचन्द्र पौडेलले ओ टी व्यवस्थापानको लागि विशेष योगदान दिएका थिए । २ वटा मृर्गौला र १ वटा कलेजो सफलतापूर्वक सम्मपन्न भएको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलन मस्तिष्क मृत्यु हुने जीवित व्यक्तिले आँफू जीवित हुँदा मस्तिष्क मृत्युपश्चात अङ्गदान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्यु भएपश्चात निजको शरीरवाट अङ्गदान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अङ्ग प्रत्यारोपण गर्ने सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपणा (नियमित तथा निषेध) ऐन २०५५को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ ।

मानव शरीरका अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐनको पहिलो संशोधन २०७२ ले अङ्ग दाताको दायरा फराकिलो बनाएको छ । दुई वा दुईभन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसकेको अवस्थामा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रुपमा एक अर्काको परिवारको सदस्यबीच साटासाट गर्न सकिने व्यवस्था र मस्तिष्क मृत्युपश्चात अङ्ग प्रत्यारोपण गर्नसक्ने व्यवस्था गरेको छ ।

नेपाल सरकारले मस्तिष्क मृत्युपश्चात अङ्गदान तथा त्यसरी प्राप्त हुने अङ्ग ग्रहण गर्र्न चाहने व्यक्तिको प्राथमिकताको सूची बनाउने र प्रथमिकताक्रमको सूची अधावधिक गरी राख्ने र झिकेका अङ्गलाई तोकिए बमोजिमको प्राथमिकताक्रम अनुसार वितरण गर्ने व्यवस्था मिलाउने प्रयोजनका लागि यस केन्द्रलाई समन्वय इकाई तोकेको छ ।

समन्वय समितिले मस्तिष्क मृत्युपश्चात प्राप्त अङ्गहरुका लागि नियमावलीमा तोकिए बमोजिमको प्रथमिकताको आधारमा प्रत्यारोपणाका लागि सिफारिस गरेअनुसार मिति २०७९ फागुन १६ गते दुई वटा मृगौला क्रमश रुपन्देही मायादेवी गाउँपालिका–४ का ४७ वर्षीय पुरुष र सिरहा जिल्ला सिरहा नगरपालिका–१ का
३५ वर्षीय पुरुषमा प्रत्यारोपण भएको थियो । कलेजो प्रत्यारोपण ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषलाई प्रयारोपण गरिएको थियो । उनीहरु सबै अहिले स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

अङ्ग दाताको गोपनियता कायम राख्ने मान्यता अनुसार अङ्ग दाताको विवरण उल्लेख गरिएको छैन । नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु पश्चात प्राप्त अङ्ग प्रत्यारोपण पनि यसै केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठको नेत्रित्वमा भएको यिथो ।
अंगहरु दान दिन सके एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट ८ वटा अंगहरु २ वटा मृगौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुुटु, १ प्याङ्क्रियाज, १ सानो आद्र, लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउन सकिन्छ ।
साथै अङ्ग फेल भएका व्यक्तीहरुले समय समयमा आफ्नो जाँच गरी प्रत्यारोपणका लागि हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रहेको समन्वय इकाईमा गई प्रतीक्षाको सूचीमा नाम लेखाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *