मुलुक डेस्क, काठमाडौं । २०७९ फल्गुण २०, शनिवार

नेपाल भ्रमणमा रहेका बंगलादेश सरकारका प्रतिनिधिहरु, बंगलादेश मानवअधिकार आयोगका पदाधिकारी तथा मानवअधिकारकर्मी सम्मलित एक उच्चस्तरीय टोलीले मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सहित आयोगका पदाधिकारीहरु संग भेट गरेका छन् |

मधेशी आयोगको कार्यालयमा भएको सो भेटमा बंगलादेशी टोलीले मधेशको सिरहा र सप्तरी जिल्लामा बंगलादेश सरकारको सहयोगमा विभिन्न समाज कल्याण सम्बन्धित आयोजनाहरु संचालनमा रहेको जानकारी गराउदै सो आयोजनामा आयोगको तर्फ बाट सहयोग गर्न अध्यक्ष डा.दत्तलाई अनुरोध गरेका छन् | सो भेटघाटमा दुवै देशमा मानवअधिकारको अवस्था तथा चुनौतीको विषयमा समेत छलफल भएको छ |

आयोगका अध्यक्ष डा.दत्तले तराई-मधेश सहित नेपालका हजारौं विद्यार्थीहरु बंगलादेशमा अध्ययनरत रहेको र उनीहरुको मानवअधिकारको संरक्षण तथा सम्बर्धन गर्नु त्यहाँको सरकारको समेत दायित्व रहेको बताउदै विद्यार्थीहरु माथि आउने विभिन्न किसिमका समस्याहरुको निदानार्थ बंगलादेश सरकारले आवश्यक रणनीति बनाउनु पर्ने कुरामा जोड दिएका छन् |

सो छलफलमा अध्यक्ष डा.दत्तले नेपाल र बंगलादेश एक अर्काको हितैषी मित्र रहेको र आगामी दिनमा विभिन्न क्षेत्रहरुमा दुवै देशले एक अर्का संग समन्वय तथा सहकार्य गरी अगाडी बढ्नुपर्ने कुरा समेत बताएका छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *