बद्री नाथ झा, जनकपुर । २०७९ फाल्गुन १३, शनिवार

डा. राउतले काम नगर्ने, जनतालाई सास्ती दिने र घुस माग्ने कर्मचारीलाई जनकारवाही जारी रहने दोहराएका छन् ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले काठमाण्डौंमा अहिले साँढेको जुधाई भइरहेकोले आफुहरु काठमाडौं छोडेर क्षेत्र र जिल्ला तर्फ झरेको बताएका छन् ।
जनकपुरधाममा आयोजित चौथो जनकपुरधाम साहित्य महोत्सवको दोस्रो दिन पत्रकार राजेन्द्र बाँनियासंगको ‘राजनिति अवसर कि अभियान’ विषयक सत्रमा राष्ट्रपतिको छनौट हुनेवेलामा तपाँई राष्ट्रिय पार्टीको अध्यक्ष भएर काठमाण्डौं बाहिर किन ? सोधिएको प्रश्नमा उनले कांठमाण्डौंमा साँढेहरुको लडाई सम्पन्न भएपछि मात्र आफुहरु जस्ता बाछाहरु आवयश्क पर्ने भएकाले जिल्ला र क्षेत्रतिर झरेको बताएका छन् ।
आफुलाई ठुला भन्ने दलहरुले उम्मेदवार टुङ्गो लगाएपछि मात्र आफुहरु के गर्ने भन्ने विषयमा अगाडि बढने उनले बताए । तपाईहरुलाई बैठकमा बोलाइन माने तपाईहरु बाछो हो ? भन्ने सवालमा उनले त्यस्तै बुझेको स्वीकार गरे । डा. राउतले काम नगर्ने, जनतालाई सास्ती दिने र घुस माग्ने कर्मचारीलाई जनकारवाही जारी रहने दोहर्याएका छन् ।