मुलुक डेस्क, काठमाडौं । २०७९ फाल्गुन १०, बुधवार

हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र १५ दिने मिथिला मध्यमा परिक्रमाका श्रद्धालुहरुका लागि नेपाल-भारत खुला सीमा सम्वाद समुहले हेल्प डेस्क सञ्चालन गर्दै आएको छ ।

मिथिला मध्यमा परिक्रमाको बुधबार तेस्रो दिन भारतको मधुबनीस्थित गिरजा स्थानमा नेपाल-भारत खुला सीमा सम्वाद समूह मधुबनीद्वारा आयोजित हेल्प डेस्क कार्यक्रममा निःशुल्क सेवा शिविर सञ्चालन गरिएको छ ।

समूहका मधुबनी जिल्ला अध्यक्ष डा.रोहित झाको अध्यक्षतामा निःशुल्क प्राथमिक उपचार सहित चिया र पानीको व्यवस्था गरिएको समूहका केन्द्रीय अध्यक्ष राजीव झाले जानकारी दिएका छन् ।

मधुबनीमा आयोजित हेल्प डेस्कमा डा.रोहित झा, अनिल भारती, उग्रनोश झा, डा.रामकृपाल महतो, कृष्णनन्द ठाकुर, देवेन्द्र झा, उदय झा, अरुण ठाकुर, गुड्डु झा लगायतले श्रद्धालुहरुलाई स्वास्थ्य सेवा दिइरहेका छन् ।

यसअघि मिथिला मध्यमा परिक्रमाको पहिलो दिन नेपालको हनुमानगढी जनकपुरधाममा साधुसन्त, महात्मा तथा श्रद्धालु भक्तजनहरुको सुबिधालाई ध्यानमा राखी कार्यालय सचिब कृष्ण कुमार साहको अध्यक्षतामा हेल्प डेस्क स्थापना गरिएको थियो । जसमा प्राथमिक उपचार सहित चिया र पानीको व्यवस्था गरिएको थियो । ओढ्ने र ओछयाउन गार्हो भएको साधुसन्तहरुकालागि कम्बल र झुल समेत बितरण गरेको नेपाल भारत खुला सिमा संबाद समुहको सह सचिब रामजी रायले बताए ।

हेल्प डेस्क कार्यक्रममा जिल्ला समन्वय समितिको सभापति राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर किशोरी साह, तमलोपाकी नेत्री बिभा ठाकुर,क्लोथ बैंकको कोषाध्यक्ष रुबि झा,सचिब मनिष श्रीओम,नेपाल तरुण दलको नेता राकेश बिक्रम साह,धनेश्वर ठाकुर,पारस ठाकुर, सुनिल कुमार गुप्ताको सहभागीतामा संचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *