राम अधार साह, महोत्तरी । २०७९ फाल्गुन ०१, सोमवार

हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने अभियानको पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीको माघ २९ गते मनरामा शुभारम्भ भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मनराशिसवा नगरपालिकाका मेयर मोहन पाण्डेयका अनुसार प्रथम प्राथमिकता स्थानीय स्तरबाट सर्ने नसर्ने रोगको पहिचान गर्नु रहेको बताए । तत्पश्चात उपचार जरुरी रहेको पनि प्रष्ट पारे । मेयर पाण्डेले थप पार्दै भने मनराशिसवा नगरपालिकालाई रोग मुक्त पालिका घोषणा गर्ने लक्ष्य रहेकोे छ ।

मनराशिसवा नगरपालिकाका अन्तर्गत स्वास्थ्य शाखा मनराको आयोजनामा शुभारम्भ भएको यो कार्यक्रम संघ र प्रदेशको राष्ट्रिय योजना मार्फत रहेको बताए मनरा स्वास्थ्य शाखका प्रमुख रामचन्द्र यादव । उक्त कार्यक्रममा उपमेयर शकुन्तला देवी, १० वटै वडाका स्वास्थ्य प्रमुख, बुद्धिजीवी, पत्रकार लगायतको सहभागिता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *