मुलुक डेस्क, काठमाडौं । २०७९ माघ २७, शुक्रवार

नेपाल सरकारको निति तथा कार्यक्रममा उल्लेख भए बमोजिम प्रत्यारोपण सेवा प्रदेशमा विस्तार गर्ने योजना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विशेष पहलमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ टोलिले मिति २०७९ माघ २१ सुर्खेत प्रादेशिक अस्पतालमा निः शुल्क मृगौला प्रत्यारोपण सेवा संचालन गर्न सहयोग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव तथा केन्द्र विकास समितिका अध्यक्ष डा. रोशन पोख्रेल र सचिव देब कुमारी गुरागाईँले केन्द्रको नेत्रित्वमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्नको लागि मन्त्रालयको पुर्ण साथ र सहयोग रहने प्रतिवद्धता अनुसार प्रदेश अस्पताल सुर्खेतमा भएको प्रत्यारोपणमा हौसला प्रदान गर्न स्वास्थ्य सचिव देब कुमारी गुरागाई उपस्थित भै प्रत्यारोपण समय भरीनै अस्पतालमा बसेकी थिइन् ।

कर्णली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा, प्रतिनिधी सभा सदस्य पुर्ण बहादुर खड्का, पूर्व मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता जीवन बहादुर शाही, सामाजिक विकास मन्त्री टेकराज पछाई लगायतका विशिष्ट व्यक्तित्वहरु अस्पतालमा उपस्थित भई विरामी तथा मृगौला दान गर्ने व्यक्तीको स्वास्थ्य अवस्था बुझ्नुका साथै शल्यक्रिया गर्ने टिमको हौसला बढाएको थियो ।

मृगौला प्रत्यारोपण शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र सुर्खेत प्रदेशीक अस्पतालवाट निर्देशक डा. डम्बर खड्का तथा शल्यक्रियाको नेतृत्व डा. गणेश थापाले गरेको थियो भने विरामीको प्रत्यारोपण पश्चात पनि केन्द्रका चिकित्सक, स्टाफ नर्स र प्रदेशिक अस्पतालका चिकित्सक, नर्स, प्रविधिक लगायत सम्पुर्ण कर्मचारीहरुको साथ र सहयोगमा माघ २६ गते पाँचौ दिनमा डिस्चार्ज गर्न सफल भएको छ ।

प्रदेश अस्पतालमा नियमित रुपमा प्रत्यारोपण सेवा संचालन गर्न कर्णली प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, सामाजिक विकास मन्त्रालयका सचिव सन्त बहादुर सुनार, अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर घले लगायत सम्पुर्ण पदाधिकारी र स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको विशेष सहयोग रहेको पनि प्रेस विज्ञप्तीमा उल्लेख छ ।

देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेशमा सेवा शुरु गर्न प्राविधिक सहयोग गरेको छ र आवश्वकता अनुसार आगामी दिनमा पनि प्रदेश अस्पतालमा कार्यरत कर्मचारी प्रत्यारोपण कार्यमा सक्षम हुने समयमम्म केन्द्रको सहयोग निरन्तर रहन प्रतिवद्धता केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *