बद्री नाथ झा, जनकपुरधाम । २०७९ माघ २०, शुक्रवार

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज १३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको छ । विस्तारित मन्त्रिपरिषद्मा जसपा नेपालबाट मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री सहित ५ जना रहेकोे छ ।

विस्तारित मन्त्रिपरिषद्मा नेकपा एमालेबाट ४ मन्त्री र १ राज्यमन्त्री सहित ५ जना तथा जनमत पार्टीबाट २ मन्त्री र १ राज्यमन्त्री सहित ३ जनालाई सामेल गरिएको छ ।

जसपा नेपाल (४ मन्त्री, १ राज्यमन्त्री)
सरोजकुमार यादव : मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र उद्योग, पर्यटन तथा वन मन्त्रालय
संजय यादव : अर्थ मन्त्रालय
सुरिता कुमारी साह : सामाजिक विकास मन्त्रालय
सिंगासन सा कलवार : खानेपानी तथा उर्जा विकास मन्त्रालय
शेख अबुकलाम आजाद : सामाजिक विकास मन्त्रालय (राज्यमन्त्री)

नेकपा एमाले (४ मन्त्री, १ राज्यमन्त्री)
सरोजकुमार यादव : भौतिक पूर्वाधार विकास मन्त्रालय
राजकुमार लेखी : कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय
शत्रुधन प्रसाद सिंह : गृह तथा सञ्चार मन्त्रालय
मो. जयद आलम : महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय
केशव राय चौधरी : गृह तथा सञ्चार मन्त्रालय (राज्यमन्त्री)

जनमत पार्टी (२ मन्त्री, १ राज्यमन्त्री)
महेश प्रसाद यादव : शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालय
बसन्त कुशवाहा : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
संजयकुमार यादव : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (राज्यमन्त्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *