रोशन कुमार मिश्र/ राम अधार साह,
महोत्तरी । २०७९ माघ ११, बुधवार

महोत्तरीको मनरा शिसवा नगरपालिकाको आयोजनामा मनरामा “वृहत् विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविर” सम्पन्न भएको छ ।

महोत्तरीको मनरा शिसवा नगरपालिकाको आयोजना तथा नोबेल शिक्षण अस्पताल बिराटनगरको प्राविधिक सहयोगमा वडा नं. १ मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयमा संचालित ३ दिने बृहत नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।

यो कार्यक्रमको समन्वयकर्ता नोबेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मी कुमुद झाले गरेका थिए । उक्त शिविरमा जम्मा ३६५२ बिरामीले स्वास्थ सेवा लिएका थिए । अधिकतर विरामी आँखामा मोतिबिन्दु र आँखामा मासु पलाएको रहेकोे जानकारी झाले बताए । सोही कार्यक्रममा सहभागी चिकित्सक, सहयोगी, नर्स सहित मुलुक टाइम्सका महोत्तरी सम्वाददाता राम अधार साह पनि सम्मानित भएका थिए ।

स्वास्थ्य कार्यालय महोत्तरी, एनएम.एस.आर.ए. जनकपुरधाम र आपूर्ति स्वास्थ्य महाशाखा जनकपुरधामको सहयोगमा “वृहत् विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविर” सम्पन्न भएको हो ।

समाचार र तस्वीर: रोशन कुमार मिश्र र राम अधार साह