मुलुक डेस्क, काठमाडौं । २०७९ पौष १९, मंगलवार

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले उदयपुरमा मधेशी समुदायसंग सम्बन्धित आउने समस्या वा उजुरीहरुलाई गम्भीरतापूर्वक रुपमा हेरेर आवश्यक रणनीति बनाइ फास्ट ट्रयाक बाट समाधान गर्न उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् |
उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुसंगको बैठकमा अध्यक्ष डा.दत्तले जिल्लाको समग्र वस्तुस्थितिको बारेमा जानकारी लिदै उदयपुर जिल्लामा मधेशी समुदायको जनसंख्या कम भएपनि उनीहरुको समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्न आवश्यक निर्देशन दिएका छन् |
सो बैठकमा अध्यक्ष डा.दत्तले मुख्यत: मधेशी समुदायलाई विभिन्न अपमानजनक शब्द प्रयोग गरी होच्याउने, भेष-भुषाको आधारमा भारतीय नागरिकको रुपमा व्यवहार गरिने लगायतका समस्याहरु सम्बन्धी उजुरी आयोगमा आउने गरेको र यसले गर्दा सामाजिक सद्भावमा खलल पर्ने हुनाले जिल्लामा यस्ता घटनाहरु घट्न नदिन सचेतनामुलक कार्यक्रम कार्यक्रम संचालन गर्न सल्लाह दिदै मधेशी आयोगले पनि यसमा आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् |
अध्यक्ष डा.दत्तले अहिले प्रदेश-१ र मधेश प्रदेशका विभिन्न घटनाहरुको अनुगमन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ |