मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०५, मंगलवार

क्रोधकला शिरोमणि, वरिष्ठ परम्परागत मूर्तिकार एवं ललितकला क्षेत्रका जिउँदो सम्पदाको रूपमा रहेका विश्वविख्यात कलाकार प्राज्ञ कालु कुमालेलाई “ललितपुर महानगर गौरव पुरस्कार” प्रदान गरिएको छ ।

९० वर्षीय बयोबृद्ध वरिष्ठ कलाकार कुमालेलाई उक्त पुरस्कार पौषको ०२ गते शनिवार ललितपुर महानगरमै आयोजित एक भव्य समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा र महानगर प्रमुख चिरिबावु महर्जनले संयुक्त रुपमा प्रदान गरेको थियोे ।

रु एक लाख धनराशि भएको उक्त पुरस्कार भाषा, संस्कृती, कला, साहित्य र सम्पदाको क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत प्रदान गर्ने गरिन्छ ।

कार्यक्रमको अवसरमा प्रधानमन्त्री देउवालाई ललितपुर महानगरपालिकाले कुमालेको हातबाट सिर्जना गरिएको माता कालीको मुर्ती चिनो स्वरुप प्रदान गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *