मुलुक डेस्क, महोत्तरी । २०७९ पौष ०१, शुक्रवार

रामगोपालपुर नगरपालिकामा तोडफोड र आगजनी गरेकोमा ५ लाख क्षतिपूर्ति असुल गरिने !
डाक्टर पँकज चौधरीकी श्रीमति नेहा चौधरी र कुमारी आमाको नाम बेचेर वितण्डा मच्चाउदै आएकी सोनालि कुमारी उर्फ निहारिकाबाट रामगोपालपुर नगरपालिकाले ५ लाख रुपैयाँ क्षतिपूर्ति असुल उपरको माग गरेको छ ।
न्यायको आडमा पैसा असुल्दै र केही मिडियालाई आर्थिक प्रलोभन देखाएर आफ्नो व्यक्तिगत रिसिईवि साध्दै आएकी सोनालीले प्रदर्शन मार्फत सहज आम्दानी हुने ब्यापार गर्न थालेको सुत्र मार्फत खुलेको छ। पीडितले न्याय पाउनुपर्छ भन्दैमा सौदाबाजी गर्नु कहाँको न्याय ठहरिन्छ्न र?
बुधवार र विहिवार बाहिरबाट मान्छेहरु बोलाएर नगरपालिकाको सरकारी सम्पतिमा तोडफोड र आगजनी गरी सम्पति नाश गरेको भन्दै महोत्तरीको रामगोपालपुर नगरपालिकाले सो क्षतिको क्षतिपूर्ति उनीहरुबाटै असुल हुनुपर्ने माग गरेको छ ।
रामगोपालपुर नगरपालिकाले विहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. पँकज चौधरीकी श्रीमति नेहा चौधरीले उनलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा प्रक्रियामा रहेको अवस्थामा बाहिरबाट मान्छेहरु बोलाएर सरकारी सम्पतिमा तोडफोड गराएको भन्दै असुल उपरको माग गरेको हो ।
नगरपालिकाको कार्यालयमा विधिवत न्यायिक समितिमा समेत कुनै उजुरी नआएको अवस्थामा नेहा चौधरी र सोनालिले निरन्तर दुई दिनसम्म कामकाज रोकी उछ्शृन्खल गतिविधि गरेको भन्दै तोडफोड र सरकारी सम्पति नाशको मुआब्जा उनीहरुबाटै असुली गरिदिन जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रशासनसँग माग गरेको छ ।

सरकारी सम्पतिको तोडफोड र आगजनी सहित ढुँगामुढा प्रहारबाट नगर प्रहरी, नेपाल प्रहरी र कर्मचारीहरुलाई समेत घाईते बनाएको भन्दै कुल ५ लाख बराबरको क्षतिपूर्ति उपलब्धको माग गरेको हो । नगरपालिकाका मेयर रामदुलार साहद्धारा जारी गरिएको सो विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई उनीहरुलाई कारवाहीको समेत माग गरेको छ ।
आफ्नै श्रीमान उपर मुद्दा हालेर मुद्दा प्रक्रियामै रहेको बेला सोनालि कुमारीको उक्साहटमा अधिकारको नाममा आगजनी, तोडफोड गर्दै प्रहरी र कर्मचारीलाई समेत घाईते बनाएको हो ।नेहा र सोनालिको यो कदम विरुद्ध समाजिक सँजालमा चर्को विरोध चलेको छ । उनीहरु कतै एनजिओ, आईएनजिओबाट परिचालित भएर अधिकारको नाममा बितण्डा मच्चाएको आरोप समेत लगाइएको छ ।