
सोइना दाहाल
कक्षा : मञ्जरी सेकेन्डरी स्कुल
२०७९ कार्तिक
धन्यवाद ! आँखा तिम्ले
देखाइदियौ आमा
मलाई धेरै माया गर्ने
देखाइदियौ मामा ।
अरू पनि धेरै धेरै
नाता देख्न पाएँ
तिम्रै साथ पाई मैले
संसार हेर्न चाहेँ ।
कैले तिमी रङ्गीचङ्गी
फूल देखाउँछौ
कैले भने टहटह
जून देखाउँछौ ।
हिमालको हिउँ राम्रो
लेक फुल्ने गुराँस
तलाउमा तैरिएका
सेता राम्रा ती हाँस ।
बाढी, पैरो, भूकम्प र
अरू यस्तै कुरा
देख्नु कतै नपरोस् है
दीनदुखी भुरा ।
काला अनि सेतामाथि
न्याय दर्साउँछौ
राम्रा अनि नराम्रा ती
चिज देखाउँछौ ।