बद्रीनाथ झा, जनकपुरधाम । २०७९ मंसिर १६, शुक्रवार

जनमत पार्टीका युवा नेता एवम् निवर्तमान गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा सामाजिक संजालदेखि राजनीति वृतसम्म चलेको देखिन्छ । जनमत पार्टीले मधेस प्रदेशसभामा आफ्नो दलका नेताको रुपमा सतिश कुमार सिंहको सम्भावना रहेकोे बहस शुरु गरेसंगै प्रदेश मुख्यमन्त्रीमा सिंह मुख्य दाबेदार बनेका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २(१)बाट प्रदेशसभामा भारी मतले बिजय भएका सिंह उक्त पार्टीबाट मुख्य मन्त्री पदको दाबेदार मानिन्छ। स्रोतका अनुसार मधेस प्रदेशमा सरकार बनाउन दुबै गठबन्धनलाई चाहिने आवश्यक संख्या जनमत पार्टीसँग रहेको औंल्याएका छन।मधेस प्रदेशमा सरकार बनाउन जनमत पार्टी निर्णायक रहेकाेले मुख्यमन्त्रीका लागि अडान लिन सक्छ ।

मधेश प्रदेशमा प्रत्यक्षमा ६४ र समानुपातिक गरि १ सय ७ सिट छ । नया सरकार बनाउन बहुमतका लागि ५४ सांसद चाहिन्छ । पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएको जनमत पार्टीले प्रदेश सभामा प्रत्यक्षतर्फ ६ सिट जितेको छ भने समानुपातिकतर्फ गरि कुल सिट जितेको छ ।

समानुपातिकतर्फका ४३ सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ। बिहीबार राति ९ बजेसम्म प्राप्त मत अनुसार हिसाब गर्दा सबैभन्दा बढी सिट कांग्रेसले पाउने देखिन्छ। कांग्रेसले ९ सिट पाए पनि एमाले ८ सिटका साथ दोस्रो स्थानमा छ । ७-७ सिट पाएर जसपा र जनमत पार्टी तेस्रो स्थानमा छ । प्रदेश सभामा १.५ प्रतिशत मात्र थ्रेसहोल्ड भएकोले राप्रपादेखि नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादीले समेत एक एक सिट पाउने देखिन्छ।

मधेश प्रदेशको प्रदेश सभाका लागि भएको निर्वाचनमा रोचक परिणाम आएको छ। सरकार बनाउनलाई आवश्यक ५४ सिट कुनै दलसँग पनि छैन। अर्थात् त्यहाँ कसैको बहुमत आएको छैन तर एक सिट मात्र जित्ने दलहरुसमेत गरी १० दलको प्रतिनिधित्व हुने भएको छ। प्रदेश सभामा सबैभन्दा बढी सिट जितेर एमाले त्यहाँको सबैभन्दा ठूलो दल बन्ने भएको छ।

एक सिटको अन्तरले कांग्रेसभन्दा एमाले अगाडि भए पनि सरकार बनाउन यी दुवै दलले सक्ने स्थिति छैन। सरकार बनाउन आवश्यक कम्तिमा ५४ सदस्यको समर्थन आवस्यक हुन्छ। मधेशकेन्द्रित दल जसपा १६ सिटका साथ तेस्रो र जनमत पार्टी १३ सिटका साथ चौथो हुने देखिन्छ। अर्को मधेशकेन्द्रित दल लोसपाले ९ सिट पाउने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *