मुलुक डेस्क, काठमाडौं । २०७९ मंसिर १२, सोमवार

नवनिर्वाचित मधेश प्रदेशसभा सदस्य सतिश कुमार सिंहले किसानहरूले खाद्य संस्थानबाट सहुलियत दरमा मलखाद्य पाउनु पर्नेमा जोड दिएका छन् ।
आइतबार राजबिराज स्थित खाद्य संस्थानको अनुगमनको क्रममा बोल्दै सिंहले भने समयमै किसानहरूले सहुलियत दरमा मलखाद पाउनुपर्ने बताए । जिल्लामा १० मेट्रिक टन मल खाद्यको आवश्यकता रहेको तर यहाँ २ देखि ३ मेट्रिक टन मलखाद्य मात्र उपलब्ध हुने गरेको बताए । त्यसमा पनि कालोबजारी कारण किसानले सहुलियत दरमा मल खाद्य पाउन सकेको छैन । अहिले किसानहरूले धान काटेर भित्राउने काम पछि गँहु बीउ छर्किने समय आएकोले मलखाद्य सहुलियत दरमा नपाउँदा उनीहरू दोब्बर मूल्यमा किन्न बाध्य रहेको सिंहको कथन छ ।
खाद्य संस्थानले पालिकाको सिफारिसमा सहकारी संस्थाहरू मार्फत पठाउने खाद्य किसानहरूले पाउन सकेको छैन, त्यसमा पनि सहकारीहरूले कालोबजारी गरी महँगो शुल्क लिएर बेच्ने गरेको आरोप लगाए ।
तिलाठी कोइलाडी गाउपालिका निवर्तमान अध्यक्ष रहेका नवनिर्वाचित मधेश प्रदेशसभा सदस्य सिंहले खाद्य संस्थानमा आएका मलखाद्य पालिकाको सिफारिसमा सहकारीहरूले सहुलियत दरमा किसानलाई उपलब्ध गराउन राजबिराज संस्थान प्रमुखलाई आग्रह गरेका छन् ।