मुलुक डेस्क, काठमाडौं । २०७९ मंसिर ११, आइतवार
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर दोश्रो पटक फेरि निर्वाचित भएका छन्।
महोत्तरी ३ नम्बर क्षेत्रलाई प्रमुख क्षेत्र मानी विगत लामो समय देखि निर्वाचन लड्दै गरेका उनी १६३७५ मत ल्याएर इतिहास रच्दै दोश्रो पटक निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिष्पर्धी जनता समाजवादी पार्टीका हरिनारायण यादवले १४३२५ मत ल्याए।

उनले २०७४ सालको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीलाई भारी मतान्तरले पराजित गरेका थिए । ठाकुरले २७ हजार ५ मत प्राप्त गर्दा चौधरीले ८ हजार ६ सय ७७ मत प्राप्त गरेका थिए ।