मुलुक डेस्क, काठमाडौं । २०७९ मंसिर १०, शनिवार

नौं पटक संसदीय निर्वाचनमा सहभागी । सात पटक विजयी । दुई पटक पराजित । पटक पटक गरि मन्त्री । चालीस वर्षे राजनीति यात्रा । गजबको कला । पहाडी मुलका मधेशी । शरत सिंह भण्डारी । ।

महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरत सिंह भण्डारी सातौँपटक निर्वाचित भएका छन्।
भण्डारी १४ हजार ७० मतान्तरले निकटतम प्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार डा. विजय सिंहलाई पराजित गरेका छन्।

सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २५‚१९० मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सिंहले ११‚१२० मत पाएका हुन्। तेस्रो नम्बरमा एमालेका उम्मेदवार डा. रामपरीक्षण यादवले १०‚२५७ मत ल्याएका छन्।

यो निर्वाचनसहित ९ पटक महोत्तरीबाट उम्मेदवार बन्दा उनी ७ पटक निर्वाचित भइसकेका छन् । प्रतिस्पर्धामा उनी २ पटक मात्रै पराजित भएका छन् । भण्डारी पञ्चायती व्यवस्थाकै वेला २०३८ र २०४२ सालमा महोत्तरीबाट निर्वाचित भएका थिए। प्रजातन्त्र स्थापनापछि २०५१, २०५६, २०६४, २०७४ सालको संसदीय निर्वाचन पनि उनले जिते।

२०४८ र २०७० सालमा मात्रै उनले पराजय व्यहोर्नु परेको थियो । उनी गत ४० वर्षदेखि राजनीतिमा सक्रिय छन्। पञ्चायती व्यवस्था, प्रजातन्त्र र गणतन्त्रसहितका व्यवस्थामा महोत्तरीका जनताको प्रतिनिधित्व गर्ने अवसर उनले पाए। भण्डारी पटक पटक गरी एक दर्जनभन्दा बढी पटक देशको केन्द्रिय मन्त्री समेत बनी सबभन्दा बढी पटक मन्त्री बनेर रेकर्ड समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *