मुलुक डेस्क, महोत्तरी । २०७९ मंसिर १०, शनिवार

मनरा नगरपालिकाद्वारा बर्दिबासको पन्चधुरा माईस्थानमा पाँच दिवसीय जैविक एवं प्राकृतिक खेती प्रशिक्षण कार्यक्रमको शुरूवात भएको छ।
मनराशिसवा नगरपालिकाद्वारा बर्दिबासको पन्चधुरा माईस्थानमा आयोजित पाँच दिवसीय जैविक एवं प्राकृतिक खेती प्रशिक्षण कार्यक्रम पतंजलि आर्गेनिक रिसर्चट इंस्टिट्युको सहयोगमा संचालित हो ।
उक्त तालिमको अध्यक्षता नगरपालिकाका नगर प्रमुख मोहन पाण्डेयले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि बर्दिबास नगरपालिका नगर प्रमुख प्रहलाद कुमार क्षेत्री संगै मनराशिसवा नगरपालिकाको नगर उपप्रमुख शकुन्तला देवीको पनि उपस्थित रहेको थियो ।