रामअधार साह, महोत्तरी । २०७९ कार्तिक २९, मंगलवार

महोत्तरी जलेश्वर-९, फुलहट्टामा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको अगुवाइमा पाँच दलिय गठबन्धनको कोणसभा सम्पन्न भएको छ ।

लोसपा अध्यक्ष ठाकुर पाँच दलिय सत्ता गठबन्धनतर्फबाट महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार हुन् । ईमानदार छवी एवं मधेशका मशिहाको रुपमा सर्वस्विकार्य नेता ठाकुरको चुनावी रैलीले जीतको सुनिश्चितता गरेको स्थानीय युवा नेता कृष्ण सिंहको रहेको छ ।

जलेश्वर वडा नं. ९, फुलहट्टाका नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्षका उम्मेदवार राजकुमार सिंहको अध्यक्षतामा सम्पन्न उक्त कोणसभामा प्रमुख अतिथिमा नेता ठाकुर, अतिथिमा समानुपातिक उम्मेदवार रामचन्द्र तिवारी तथा क्षेत्र नं. ३ “क” प्रदेश सभा सदस्य अभिराम शर्मा रहेको जानकारी नेपाली काँग्रेसका केन्द्रीय चुनाव प्रचार प्रसार समिती महोत्तरीका सदस्य रन्जित कुमार सिंहले गराए ।

सयौंको संख्यामा उपस्तिथ जनसमुदायलाई सम्बोधन गरेका नेताहरू गठबन्धनको जित प्रती सुनिश्चित देखिएको स्थानीयको उत्साह र भनाइ रहेको थियोे । कोणसभामा अतिथिको रुपमा डा. गरिब दास, जलेश्वरका पुर्व मेयर शंकर शाही, नेपाली काँग्रेसका क्षेत्रीय सभापति राघवेन्द्र झा सहितको सहभागिता रहेको थियो ।
