रमा वली, काठमाडौं । २०७९ कार्तिक २३, बुधबार
सात दशकको संघर्ष पश्चात प्राप्त लोकतान्त्रीक यो व्यवस्था र संविधानको रक्षा र परिपालना गर्दै प्रतिगमनको बिरुद्ध दृढताका साथ उभिनको लागि आसन्न आम निर्वाचनमा यस रामेछाप जिल्लाको लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट साझा उमेदवारको रुपमा रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने गोकुलगंगा गाउँपालिकाको, चुचुरेमा जन्मनु भएका नेपाली काँग्रेसका पूणर्बहादुर तामाङ (कान्छाराम) लाई आसन्न २०७९ मंसिर ४ गते सम्पन्न हुन गईरहेको आम निर्वाचनमा रामेछाप जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेस रामेछापको पार्टी इतिहसमा छोटो समयमा आपूmभन्दा अब्बल दर्जाका नेताहरुलाई पछि पार्दै एक कार्यकाल महाधिबेधन प्रतिनिधि एक कार्यकाल महासमिति सदस्य र हाल उहाँ नपाली काँग्रेस रामेछापको जिल्ला पार्टी सभापति बन्न सफल हुनुभएको छ । सात दशक लामो गौरवमय इतिहास बोकेको नेपाली काँग्रेस पार्टीले उनलाई पार्टी संगठनमा खेलेको भूमिका र रामेछाप जिल्लामा उहाँले गरेको समाज सेवाको भावनाको कदर गर्दै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । उहाँलाई नेपाली काँग्रेस पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाए पछि रामेछाप जिल्लाका प्रदेश “क” र प्रदेश “ख” का आम जनताहरूमा खुशीयाली छाएको छ । विगतमा रामेछाप जिल्लाका धेरै नेताहरूले चुनाव जितेर गए, धेरै बिकासका आश्वासनहरू बाँढे तर ती आश्वासनहरू केवल दिवा सपना मात्र भए । रामेछापबासीलाई के विश्वास छ भने चुनाव नलड्दा र माननीय नहुँदा पनि समाज सेवा मार्फत हामीलाई पूणर् बहादुर तामाङ (कान्छाराम)ले दिएको सुविधाबाट हामी विश्वस्त छौं की उनलाई अहिलेको चुनावमा जिताउन सकेको खण्डमा बिकासले जिल्लाको मुहार फर्ने छ र जनताले सुख सुविधा पाउने छन् भन्ने ठानेरै होला ने.क.पा. माओबादी, एमाले र रा.प्र.पा.बाट पार्टी परित्याग गरी नेपाली काँग्रेस पार्टी प्रवेश गर्ने क्रम जारी रहेको छ । यसले के संकेत गरेको छ भने आगामी दिनमा उहाँको बिजय सुनिश्चित छ । जीत सुनिश्चित गर्नका लागि उनले रामेछाप जिल्लाका तमाम जनताहरूमा आगामी दिनमा गर्ने कामको तल उल्लेखित प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

प्रतिबद्धताहरूः
- रामेछाप जिल्लाका ग्रामीण भेगमा रहेका जनताहरूले बिकराल रुपमा भोगिरहेको आपतकालीन स्वास्थ्य उपचारको अभाबमा मृत्युको मुखमा पुग्न नपरोस् भनि विगतदेखिनै हरेक ईलाकामा आप्mनो निजी लगानी मार्फत एम्बुलेन्स हस्तानतरण गरी रामेछापको अधिकांश ठाउँमा सेवा उपलब्ध गराउँदै आएको र बाँकी रहेका केही ठाउँमा पनि निकट भविष्यमा सेवा उपलब्ध गराउने ।
- दैबिक बिपत्ति तथा प्राकृतिक प्रकोपबाट प्रभावित र सामाजिक घटना तथा दुर्घटनाका कारण अशक्त, असहाय व्यक्तिहरूलाई संभव भएसम्म एम्बुलेन्स र एम्बुलेन्सबाट संभव नहुने ठाउँमा हेलिकप्टरबाट उद्धार गरी जीवन रक्षाका लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सेवा जारी राख्ने ।
- गरीब तथा जेहेन्दार विद्यार्थी, अशक्त, असहाय बिरामी ब्यक्तिहरूलाई विभिन्न अस्पतालमा आर्थिक सहयोग उपलब्ध गराउँदै आई रहेको र हाल रामेछाप जिल्लाका वासिन्दाहरुलाई काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) सिनामंगलमा उपचार गराउँदा २५ प्रतिशत छुटको ब्यवस्था समेत गराउनु भएको छ ।
- रामेछाप जिल्लाका धार्मिक आस्थाका पवित्र स्थलहरूको निर्माण तथा स्तरोन्नतिका लागि आर्थिक सहयोग प्रदान गर्नुका साथै मृत्युवरण पछि अफ्ठेरोमा परेका आफन्तजनहरूलाई विविध प्रकारका सहयोग गर्दै आएको र भविष्यमा पनि निरन्तर गर्ने ।
- रामेछाप जिल्लाको खेलकुद बिकासका लागि युवाहरूलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने ।
- सडक बिस्तार रामेछापको विकासको मूल मन्त्र ठानी रामेछाप जिल्लामा सडक संजालको लागि रामेछापबासीहरूलाई अझ सुबिधा सम्पन्न बनाउन सर-सल्लाह र समन्वय गरी प्रादेशीक “क” मा १ स्काभेटर(डोजर) र प्रादेशीक “ख” मा १ स्काभेटर (डोजर) राखि सधै सेवा उपलब्ध गराउने ।
- जिल्लाको केन्द्र पर्ने मन्थली नगरपालिकामा १ शवबहान राखि सबै गाउँपालिकामा सेवा उपलब्ध गराउने ।

दीर्घकालिन रुपमा गरिने कार्यहरूः
- युवा स्वरोजगारका लागि रामेछाप जिल्लामा नै जिल्लाको दक्षिण भेगलाई फलफुल बाख्रा पालन केन्द्रको स्थापना गर्ने र उत्तरी भेगलाई पशुपालन तथा जडिबुटीको पकेट क्षेत्र घोषणा गरी आवश्यक कार्यक्रम संचालन गर्न माननीय कोषबाट पाउने तलब सुबिधा र आफ्नो ब्यवसायीक आम्दानीबाट थप गरी व्यवस्था मिलाउने ।
- युवाहरूलाई बिदेश पलायन हुनबाट रोक्न युवा स्वरोजगारका लागि लघुउद्यम, प्राबिधिक शिक्षा मार्फत रोजगारीको सृजना गर्न आवश्यक पहल गर्ने ।
- सामाजिक सुरक्षा अन्तर्गत पीछडिएका जाति, सिमान्तकृत, द्वन्द्वपीडित, बृद्ध-बृद्धा, महिला, बालबालिकाहरूको हक अधिकारको सुनिश्चित गर्नुका साथै यिनीहरूको जीवनस्तर सुधार गर्न ठोस कदम चाल्ने ।
- सामाजिक अपराधको रुपमा रहेको छुवाछुत, असमानता र गरीबीको पूणर् उन्मूलन गराउन आवश्यक कार्यक्रम संचालन गर्ने ।
- जिल्लाका दक्षिणी भेगका सुख्खा ग्रस्त गाउँपालिकाहरूमा बृहत खानेपानी योजनाको कार्यक्रमलाई तदारुकताका साथ अगाडि बढाउनुका साथै सुनकोशी, तामाकोशी र लिखुकोशीबाट लिफ्टीङको योजनालाई तिब्र रुपले अगाडि बढाउन पहल गर्ने ।
- रामेछाप जिल्लाका सबै सडक संजालहरूलाई आवश्यक स्तरोन्नती गर्नका लागि पहल गर्ने । जिल्लाका हरेक गाउँपालिकाको हावापानी र जलवायु अनुसार के-कस्ता कृषि, जडीबुटी र पशुपालनको ब्यवसायीक उत्पादन गर्न सकिन्छ सम्भाव्यता अध्ययन गरी ठोस नीति अबलम्बन गर्ने ।
- रामेछाप जिल्लामा जडीबुटी प्रशस्त पाइने हुनाले सोको लागि प्रशोधन केन्द्र स्थापना गरी बजारीकरण गर्नका लागि आवश्यक पहल गर्ने ।
- कृषि र पशुपालनबाट उत्पादीत बस्तुहरूको उचित मूल्य प्राप्त हुने किसिमको बजारको पहिचान गर्ने र सोको बजारीकरणको लागि संकलन केन्द्रको स्थापना गरी बजारको ब्यवस्थापन गराउने । प्रदेशीक “क” र “ख” दुबैको केन्द्रमा १/१ वटा प्राबिधिक शिक्षालयको स्थापनाका साथै गुणस्तरीय तथा ब्यवहारीक शिक्षाका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने ।
- सदरमुकाम मन्थली हुँदै स्थानीय तहका केन्द्रहरु जोडिने सडकहरुलाई कालोपत्रे गरिनेछ । साथै वडासम्म जोडिने सडकहरुलाई स्तरोन्नति गर्दै बाह्रै महिना सहज आवत जावत गर्न सकिने बनाइनेछ ।
- कृषि सडकलाई प्राथामिकताका साथ विस्तार र स्तरोन्नति गर्दै कृषिलाई यातयातको सहज पहुँच सुनिश्चित गरिनेछ ।
- राजधानी तथा तराई क्षेत्रको आवागमनलाई सहज बनाउन सेलेघाट, धोवी, जगमाने हुँदै बाम्ति भण्डार, गुम्देल जोड्ने सडकलाई प्राथामिकतामा राखिनेछ ।
- ठोसे फलाम खानी, पुराना गाउँको सिसा खानी तथा जिल्लाभित्र रहेका तामा र अन्य खानीहरुलाई उत्खनन् तथा प्रशोधन गरी जिल्लाको आय आर्जनमा टेवा पुर्याइनेछ ।
- स्लेट ढुंगा तथा चुन ढुंगा खानीहरु संचालनमा ल्याइनेछ ।
- तराई हुँदै रामेछाप जोडिने वि.पी. लोकमार्गबाट आउने मालबाहक ढुवानीका साधनहरु निर्वाध रामेछाप आउने प्रवन्धका लागि विशेष प्रयत्न गरिनेछ । यसका लागि बैकल्पिक सडक समेतका खोजी गरिनेछ ।
- पुँडिघ्याङ्ग, थापागाउँ, गुन्साल, टोकरपुर, दोरम्बा जोड्ने सडक, लुभुघाट हुँदै गाल्पा जोड्ने सडक, खैरेनीघाटबाट राकाथुम हुँदै गाल्पा जोड्ने सडकलाई कालोपत्रे गरिनेछ ।
- मन्थली, चिसापानी, बाहुनचुरा, भोटनागी, दोरम्बा जोड्ने सडकको स्तरोन्नति गरिनेछ ।
- पुँडेटार, मगरदर्गा, पासेवन, गौश्वारा हुँदै पालिका जोड्ने सडक स्तरोन्नति गरिनेछ ।
- खिम्ती, गोगनटार, लामाटार सडक जोडेर स्तरोन्नति गरी संचालनमा ल्याइनेछ ।
- मन्थली, गाल्पा, गुराँसे, चौरी खण्डको कालोपत्रे गर्न बाँकी रहेको सडकलाई कालोपत्रे गरिनेछ । साथै उक्त सडकबाट खाँडादेवी मन्दिर जोड्ने सडक समेतलाई कालोपत्रे गरिनेछ ।
- मध्ये पहाडी लोमार्ग – मा.वि. गुन्छी – भिष्म चौर – रौकर – पाङचेत पुडि – २१ कि.मि. हुँदै खाडी चौर हिमाल तराई जोड्ने सडक कालो पत्रे गरिनेछ ।
- लघुघाट, भुवासा खोला, बेथान, साधि, सक्षम चौतारो, टोकरपुर सकड स्तरोन्नती गरिनेछ ।
- युद्ध पर्यटन मार्गको रुपमा रहेको पानीघाट दोरम्बा शैलुङ्ग सडक योजना स्तरोन्नति गरिनेछ ।
- मध्य पहाडी-रहिकर-उर्जाखान-पानचेत-पुडी-एक्काइस किलो हुदै खाँडीचौर (हिमाल-तराई) कालोपत्रे गरिने । मध्यपहाडी लोकमार्ग – काभ्रेको चौरीबाट सुनापति र दोरम्बा जोडिने सडक स्तरउन्नति गरिनेछ ।
- प्रदेश ‘क’ र ‘ख’ मा रहेका सडक संजालमा पर्ने खोलाहरुमा आवश्यकता अनुसार पक्की पुलहरुको निर्माणमा तदारुकता दिइनेछ ।
- लिखु करिडोर सडक योजनालाई पूणर्ता दिइनेछ ।
- औद्योगिक विकासलाई प्राथमिकता दि“दै उपयुक्त उद्योग संचालन गर्न उद्योगीहरुलाई आकर्षित गर्नुका साथै स्थानीय स्तरमा उपलब्ध कच्चा पर्दाथमा आधारित भई साना तथा मझौला उद्योग संचालन गरिनेछ ।
- मन्थली, कठजोर, धोबी, सिरीसे सडक कालोपत्रे गरिनेछ ।
- जिल्लाभित्रका प्रमुख पुराना बजारहरुलाई व्यवस्थित बनाईनेछ ।
- जिल्लाका बिभिन्न गाउँपालिकाहरूमा भएका हरेक जातजाति र भाषा-भाषिका कला, संस्कृती, रीतिरिवाजको संरक्षण, प्रवद्र्धन गरी ताबे, शैलुङ जस्ता पर्यकीय क्षेत्र घोषणा गर्ने । साथै पहिरो प्रभाबित ठाउँहरू (जस्तैः खिम्ती, गोठगाउँ, कठजोर, सालु, बिजुलीकोट) का जनताहरूको लागि बैकल्पिक उपायहरू पहिचान गरि सम्पन्न गर्न पहल गर्ने ।
विकासका यिनै मोडलमा टेकेर कान्छारामले आफ्नो चुनावी एजेन्डा जनता समक्ष सारेका हुन् । वर्षौ देखि समाजसेवा गर्दै आएका उनी जनताको मनमष्तिस्कमा बसेका छन् । उनी प्रति रामेछापको जनतामा उर्लदो भेलसरि जनलहर प्रष्टै देखिन्छ । फलस्वरुप आउँदो जनप्रतिनिधिको रुपमा कान्छारामको जीत सुनिश्चित हुनेमा स्थानीयहरु हर्षोउल्लासका साथ चुनावी अभियान र नाराबाजिमा उत्रेको देखिन्छ ।

(रमा वली , नेपाली सरोकार मासिक पत्रिकाका प्रकाश तथा सम्पादक हुन् ।)