मुलुक डेस्क, काठमाडौं । २०७९ कार्तिक १९, शनिवार

ललितपुरको पाटन संग्रहालयमा ४ दिने “द इसेन्स अफ कलर” कला प्रदर्शनी सम्पन्न भएको छ । ६ बिद्यालायका ३० विद्यार्थीका ३० चित्रहरु चित्रकला प्रदर्शनीमा राखिएको थियोे । संग्रहालयमा प्रदर्शित चित्रकला प्रदर्शनीमा करिब ६ हजारले अवलोकन गरेका छन् ।

पाटन संग्रहालयमा भएको प्रदर्शनीमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले कार्यक्रमको उद्घाटन चित्र कोरेर गरेकी थिइन् । यसैगरी बरिष्ठ चित्रकार किरण मानन्धरले पनि चित्र कोरेर कार्यक्रममा आकर्षण थपेका थिए ।

कार्यक्रममा योङ पिकासो संस्थाका निर्देशक अजय देसारले सङ्घर्ष नगरी उपलब्धि हासिल हुन्न भन्दै योङ पिकासोले ग्रामीण जनजीवन, सो क्षेत्रका स्कुल तथा सहरी क्षेत्रमा विदाको सदुपयोग सिर्जनामै गर्ने अवसर प्रदान गर्दै आएको बताए । गाउँ गाउँमा कलाको बिकास तथा विभिन्न कलाका कार्येक्रमले बाल बालिकालाइ अवसर मिल्ने बताउने देशारले बाल बालिकाको हौसला दिन र भाबिष्यमा राम्रो कलाकार बन्न सहयोग मिलोस भन्ने उदेश्यले प्रदर्शनी आयोजना भएको जनाए ।

योङ पिकासोको प्रस्तुती तथा सहयात्राको आयोजनामा आयोजित उक्त प्रदर्शनीमा करिब १ हजार ५ सय विदेशी तथा ४ हजार ५ सय स्वदेशी अवलोकनकर्ता अवलोकन गरेका हुन् । कक्षा ५ देखी कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएको प्रदर्शनीमा सबै विद्यार्थीहरुले प्रथम पटक पाटन संग्रहालयमा प्रदर्शनीमा राखेको र प्रदर्शनीबाट अत्यन्त उत्साहित भएका थिए ।

प्रदर्शनमा रहेका ३० चित्रहरुमध्ये ८ वटा चित्र विक्रीसमेत भएका छन् । विक्री भएका चित्रहरुमध्ये ४ वटा चित्रहरु विदेशी अवलोकनर्ताहरुको किनेका हुन् ।

कार्यक्रमको समापन समारोहमा विक्री भएको चित्रको रकम विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको थियो । निजी विद्यालयहरुको छाता संगठन प्याब्सनकी उपाध्यक्ष दीपिका थापा रिमाल तथा उद्योग वाणिज्य संघ गोदावरीका अध्यक्ष जगन्नाथ महर्जनको आतिथ्यतामा विद्यार्थीहरुलाई रकम हस्तान्तरण गरिएको हो । योङ पिकासोका निर्देशक अजय देशारका अनुसार चित्र विक्री भएको रकममध्ये ७५ प्रतिशत कलाकार प्रदान गरिएको र २५ प्रतिशत गाउँ गाउँका कलाको विकासको लागि खडा गरिएको कोष राखिएको जानकारी गराए।

चारदिने प्रदर्शनीमा ललितपुरका आदर्श विद्या सदन, क्षितिज स्कूल र ब्लुबर्ड स्कूल, काठमाडौंबाट हिमालयन ह्वाइट हाउस र कौटिल्य ग्लोबल स्कुल तथा भक्तपुरबाट सिद्धार्थ विद्यापीठका समेत गरि ३० विद्यार्थीका चित्र राखिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *