मुलुक डेस्क, ललितपुर । २०७९ कार्तिक १५, मंगलवार

“आशाको लागि ज्योति” भन्ने नारा सहित ब्रेस्ट क्यान्सर जनचेतना महिनाको लागि नेपाल क्यान्सर अस्पतालले पिंक क्यान्डल लाईट इभेन्टकाे आयोजना गरेको छ ।

अक्टाेबर ३१ सोमवारको दिन नेपाल क्यान्सर अस्पतालले पिंक क्यान्डल लाईट इभेन्टकाे आयोजना गरेको थियो ।
“पिंक मंथ” काे नामले चिनिएको अक्टाेबर महिनाको मसान्तमा अस्पतालले पिंक क्यान्डल लाईट इभेन्टकाे आयोजना गरेको बजार प्रबन्धक स्मिता बम ले बताईन ।

प्रत्येक वर्षको अक्टाेबर महिलामा अस्पतालले ब्रेस्ट क्यान्सर जनचेतनाको लागि विभिन्न कार्यक्रम गर्दै आएको पनि प्रबन्धक बम ले बताइन् । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर बिजेसराज घिमिरेको स्वर्गीय आमाको लागि समेत हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *