
मुलुक डेस्क, काठमाडौं । २०७९ कार्तिक ०६, आइतवार
अन्तर्राष्ट्रिय इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोल सप्ताह १६ अक्टोबर देखि २२ अक्टोबरसम्म मनाईएको छ। इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोलको महत्व बुझाउन, विश्यव्यापी रुममा मनाइने इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोल सप्ताह नेपाल क्यान्सर अस्पतालमा हप्ता भरी विभिन्न सन्देसमुलक तथा मनोरंजनात्मक कार्यक्रमका साथ समापन भएको छ ।

इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोलको महत्वको बारेमा अतिथिहरुले मन्तब्य राख्नुका साथै बिभिन्न कार्यक्रमका बिजेताहरुलाई पुरस्कार वितरण पनि गरको थियो । नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीमा इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोलको महत्व बुझाउन तथा स्वास्थ्यकर्मीहरुलाइ प्रोत्साहन गर्न अस्पतालको इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोल टीमले टिकटक भिडिओ प्रतियोगिता, चित्रकला प्रतियोगिता, क्यान्सर पिडित बालबालिकाको लागि रग भर्ने प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, वोर्ड सर्च तथा क्रस वोर्ड प्रतियोगिताका साथै अन्तर विभागीय ह्यान्ड हाइजिन कक्षा प्रतियोगिताकाे साताभरि आयोजना गरिएको थियो ।
उक्त कार्यक्रमको सभापतित्व अस्पतालका कार्यकारी प्रमख डा. सुदिप श्रेष्ठले गरको थियो भने प्रमुख अतिथि स्वस्थ मन्त्रालय अन्तर्गत नर्सिङ्ग तथा सामाजिक सुरक्षा डिभिजन कार्यलयका निर्देशक प्रो. गोमा निरौला रहेकको थियो । विशिष्ट अतिथिहरुमा नेपाल नर्सिङ्ग काउन्शिलका रजिस्टार सकुन्तला प्रजापति, सरुवा रोग विषेशज्ञ डा. अनुप सुबेदी , नेपाल नर्सिङ एसोसिएसनका पूर्व आध्य्क्ष प्रो. तारा पोखरेल तथा नेपाल क्यान्सर अस्पतालका संचालक समितिका सदस्य तथा प्रिभेनटिभ अन्कोलोजी डिभिजन प्रमुख डा. यसोवर्धन प्रधान रहेको थियो। उक्त कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका सिनियर इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोल नर्स सुमित्रा गुरुङले अस्पतालमा संचालित बिभिन्न कार्यक्रमहरुको प्रस्तुत्ति गरेकि थिइन ।
