राम अधार साह, महोत्तरी । २०७९ कार्तिक ०२, बुधवार
सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा दुर्गा मा. वि. मनरा मा बैग वितरण बैग वितरण गरिएको छ । सिंहको दोस्रो पुण्यतिथिकाे अवसरमा विद्यार्थीहरुलाई बैग वितरण गरिएको थियो ।

शिक्षा, स्वास्थ, कला र खेलखुदको क्षेत्रमा प्रमुख योगदान पुर्याउने लक्ष्यसाथ स्थापना भएको यो फाउन्डेशनले महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १ मा अवस्थित नेपालकै पुरानोमध्येको एक विद्यालय श्री दुर्गा उच्च माध्यमिक विद्यालयका कक्षा १०मा अध्ययनरत १ सय ८३ जनालाई बैग वितरण गरिएको जानकारी विद्यालयका लेखा अधिकृत सुमित कुमार सिंहले बताए ।

विशुद्ध रुपले सामाजिक कार्यप्रती अग्रसर यो फाउन्डेशनले निरन्तर रुपमा सिंहको पुन्यतिथी कार्तिक ०२ गतेको अवसरमा यस्तो किसिमको सहयोगात्मक सहकार्य गरिरहने फाउन्डेशनको अध्यक्ष ई. रन्जित कुमार सिंहले बताए । सोही अवसरमा उनलेे मनरामा छिटोभन्दा छिटो एम्बुलेन्स र हेल्थल्याबको सुबिधा उपलब्ध गराउने भन्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

यसैगरी पुण्यथितीको अवसरमा प्रमुख अतिथिको रुपमा मनराशिसवा नगरपालिकाका मेयर मोहन पाण्डेयले सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै फाउन्डेशनले शिक्षामाथि जोड दिदै शिक्षा को क्षेत्रबाट यस्तो सहयोगात्मक सुरुवात गरेकोमा फाउन्डेशनका अध्यक्ष र फाउन्डेशनप्रति अभार प्रकट गरे । सोहिक्रममा पुर्व मेयर संजय कुमार सिंह, विद्यालयका प्रधानाध्यापक कुमोद कुमार सिंह, नेता राजेन्द्र साहले आ-आफ्ना मन्तव्य व्यक्त गरे ।

सिंहको पुण्यथितीको अवसरमा सो विद्यालयका पुर्व प्रधानाध्यापक मोदनारायण सिंह, पुर्वशिक्षक शुखचन्द्र मिश्र, सुरेन्द्र सिंह लगायतको शिक्षकहरु लाई सम्मान पनि गरिएको थियो ।

सुरेन्द्र प्रसाद सिंह नेपाली काँग्रेसका नेता थिए । उनको जन्म वडा नं. २ कट्टीमा भएको थियोे । उनले पटक पटक गरेर महोत्तरी काँग्रेसको कार्यवाहक सभापतिको भुमिका पनि निर्वाह गरेका थिए । निष्ठाकाे राजनीति गर्ने सिंह निर्दिष्ट बाटो अपनाई निरन्तर संघर्ष गरि रहे । प्रथम संविधानसभामा उम्मेदवारी दिएका सिंह राजनीतिक यात्राक्रममा ३ महिनाको जेल जीवन पनि यापन गरेका थिए । वि.स. २०१४ पाैष ०१ मा जन्मेका सिंहको देहावसान २०७७ कार्तिक ०२ गते भएको थियो ।

पुण्यथितीको अवसरमा कक्षा १० विद्यार्थी सहित उनका अभिभावक, नगरका सज्जनबृन्द, कार्यरत शिक्षक, नेतागण लगायत वडा नं. २ का वडाअध्यक्ष राम नरेश सिंह, वडा नं. १ का पुर्व वडाअध्यक्ष शशि भुषण चौधरीको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रमको संचालन शिक्षाकर्मी एवं सञ्चारकर्मी संजीव सिंहले गरेका थिए ।



