मुलुक डेस्क, काठमाडौं । २०७९ असोज ३०, आइतवार

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आइतवार बिहान निधन भएको छ । तीन पटकका मदन पुरस्कार विजेता जोशी १०३ वर्षका थिए ।

कमजोर स्वास्थ, मुटु र प्रोष्टेटको समस्या बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा जोशीलाई भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो। किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *