
मुलुक डेस्क, काठमाडौं । २०७९ असोज १९, बुधवार
मधेश आन्दोलन र सशस्त्र आन्दोलनबाट चर्चा कमाएको जनतान्त्रिक तराई मुक्ति मोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच एकीकरण भएको छ ।
राजावादी र राजसंस्थाको समान मुद्दा बोकोको दुबै पार्टीबीच ९ बुँदे सहमति भएको जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा. मनोज कुमार झाले बताएका छन् । उनका अनुसार जनतान्त्रिक तराई मुक्ति मोर्चा अबदेखि राप्रपामा समाहित भएको हो ।
मोर्चासँगको सहमति पत्रमा राप्रपाको तर्फबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले हस्ताक्षर गरेका राप्रपा प्रवक्ता माेहन श्रेष्ठले बताए । राप्रपा केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा उपाध्यक्ष तामाङसँगै कोषाध्यक्ष निलकण्ठ काफ्ले, केन्द्रीय सदस्य राम नारायण साह (सुनिल) सहभागी थिए ।