मुलुक डेस्क, काठमाडौंमा । २०७९ श्रावण १२, बिहिवार

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित भएको छ । आज बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। जसमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ध्वनिमतका आधारमा बहुमतले पारित भएको घोषणा गरेका थिए।

प्रतिनिधि सभाबाट यसअघि नागरिकता सम्बन्धी विधेयक पारित भएको थियो । प्रतिनिधि सभाले सन्‍देश सहित पठाएको विधेयक राष्ट्रिय सभाले पनि बहुमतका आधारमा पारित गरेको हो ।

यससँगै नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक अब ऐन बनेको छ र यो ऐन बनेसगै तत्कालै कार्यान्वयनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *