मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०६, शुक्रवार

गरिकतासम्बन्धी विधेयक शुक्रबार बसेको प्रतिनिधिसभा बैठक (संसद)ले पारित गरेको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो।

वैवाहिक अंगीकृत नागरिकताका लागि राखेको सात वर्षे प्रावधान भने बहुमतले अस्वीकृत भएको थियो।

नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका थिए।

त्यसअघि गृहमन्त्री बालकृष्ण खाँणले वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि समयसीमा तोक्ने सम्बन्धमा आगामी दिनमा थप छलफल गरेर सहमतिबमोजिम संशोधन गर्ने बताएका थिए।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ माथिको दफाबार छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री खाँणले विगतमा प्रस्तुत भएको नागरिकता विधेयकमा सोही विषयमा विवाद हुँदा राज्य व्यवस्था तथा सुशासन समितिमा सर्वसम्मतिले प्रतिवेदन तयार हुन नसकेकाले नयाँ विधेयक ल्याउनु परेको स्पष्ट पारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *