मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०४, बुधवार

रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । आर्थिक संकटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि विक्रमासिंघे नयाँ राष्ट्रपति चयन भएको हो।

संसदमा कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् भने दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरेका छन्। नयाँ राष्ट्रपतिको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ । गोटाबायाको बाँकी रहेको कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २२५ सांसद रहेको श्रीलंकाली संसद्को ५० प्रतिशत अर्थात ११३ सांसदको समर्थन आवश्यक हुन्छ ।
श्रीलंकाली संसद्‍मा सत्तारुढ दल एसएलपीपी १०० सिटसहित सबैभन्दा ठूलो पार्टी हो । त्यस्तै प्रमुख प्रतिपक्षी दल समाजी जना बालावेगाया (एसजेबी) का ५४ सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *