
मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०१, आइतवार
बतास अर्गनाइजेशनको सिस्टर कम्पनी इस्टर्न एजेन्सी भल्भो आइसर कमर्शियल गाडीको उत्कृष्ट विक्रेता घोषित भएको छ । भल्भो आइसर कमर्शियल गाडीको विक्रेता इस्टर्न एजेन्सी भियतनाममा भएको एक कार्यक्रममा उत्कृष्ठ विक्रेता घोषित भएको हो ।
भियतनाममा भएको कार्यक्रममा वर्ष २०२२ को दक्षिण एसियाको उत्कृष्ट वेस्ट सभिस डिष्ट्रिब्युटर्स उपाधि प्राप्त गरेको कम्पनीले बताएको छ । उक्त कार्यक्रममा अध्यक्ष आनन्द राज बतास र सञ्चालक सुलभ बतास सहभागी भएका थिए । उक्त सम्मेलनमा संसार भरिका ४०० डिष्ट्रिब्युटर्स हरुको उपस्थिति भएका थिए । उक्त कार्यक्रम भियतनामको हो चिमुन शहरको थियो ।