डा. मनोज कुमार झा, काठमाडौं । २०७९ असार २९, बुधवार

राज-संस्था पुनःस्थापनाको राजावादी आन्दोलन तुहिनुको प्रमुख ९ वटा मुख्य कारणहरु औंलाउँदै उक्त आन्दोलनका उदघोषकर्ता एवं नेतृत्वकर्ता जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियान तथा राष्ट्रिय नागरिक आन्दोलनका राष्ट्रिय संयोजक डा. मनोज कुमार झा आफ्नो सामाजिक संजाल फेसबुक मार्फत खुलासा गरेका छन् ।

“सत्य-तथ्य तितो र पिरो हुन्छ तर यथार्थ यहि नै हो !” भन्दै “राजावादी डोके पसल” को सर्वनाशी गन्तव्यहिन कर्मकाण्डि अपरिपक्व कु-गतिविधि, जसले आन्दोलन र आम देशभक्त नेपालीहरुको आशा र भरोसा नै तुहायो वा तुहियो !

१) रेष्टुरेन्ट – ब्यान्क्वेट – ठुला होटेलमा लहरे – रिले निष्कर्ष बिहिन बैठक, गोष्ठी र मौज मस्ति ।

२) माइतीघर मण्डला डेखि नयाँ बानेश्वरको होटेल एभरेष्ट सम्मको दाम-माम मुखि रिले-यात्रा ।

३) युट्युब र फेसबुकमा निराधार, अपुष्ट, हावादारी वक्तव्यबाजि, समाचार सम्प्रेषण, विश्लेषण र गाली गलौंच ।

४) झन्डै ५० करोड भन्दा अधिकको प्रत्यक्ष नगदी वसुली ब्यापार ।

५) हैसियत नै नभएकाले पनि युट्युब र फेसबुकमा तथा सामाजिक संजालहरु लगायतका अन्य थप डिजिटल अनलाईन मिडिया कै कारण स्व-आत्मरत्ति रुपि ब्याक्तित्व विकास र काल्पनिक हैसियत बनाउन सफल, वैदेशिक मुद्रामा आय स्रोत प्राप्ति ।

६) अन्तर्राष्ट्रिय शक्तिकेन्द्रलाई थप चलखेल गर्ने अवसर प्राप्त ।

७) राजनीतिका थोक विक्रेताहरुलाई मनोरञ्जन र शक्तिशाली हुने अवसर प्रदान ।

८) राजा ज्ञानेन्द्र को अन्तर्राष्ट्रिय बेइज्जति ।

९) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा “राज-संस्था पुनःस्थापना” को औचित्य माथी नै गम्भीर प्रश्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *