
मुलुक डेस्क, काठमाडौं । २०७९ असार २३, बिहिवार
साझा यातायातले आज असार २३ गते आइतवार देखि उपत्यकामा ३ वटा बिधुतिय बस सेवा सन्चालन गरेको छ । साझा यातायात सहकारीका संस्थापक अध्यक्ष विश्वबन्धु थापा (९५) ले उक्त बिधुतिय बस सेवा सन्चालन भएको छ ।

नेपालको पहिलो महिला बस चालिका रेबिका थापाले आज उदघाटन भएको साझा यातायातको बिधुतिय बस चलाएकी हुन् । सबै बसमा महिला चालिका र परिचालिका राखिएको छ । केहि समयपछि ४० वटा बिधुतिय बस आउने र उपत्यका बाहिर पनि सन्चालन गर्ने साझा यातायात का सन्चालकको भनाइ रहेको छ ।

साझा यातायातको जग बसाल्न निर्णायक भुमिका खेल्ने राजा महेन्द्रका साथै सो अवसरमा जग्गा र पूँजी उपलब्ध गराइदिने जगदम्बा कुमारी देवी राणालाई सम्झेको संस्थानका अध्यक्ष कनकमनि दिक्षितले बताए ।